मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

के थरुहट प्रदेश नै कैलालीमा उत्पन्न अशान्तिको समाधान हो? पूर्व कम्लरी तथा पूर्व सभासद शान्ता चौधरीसंगको कुराकानीको अडियो सुन्नुहोस

के थरुहट प्रदेश नै कैलालीमा उत्पन्न अशान्तिको समाधान हो? पूर्व कम्लरी तथा पूर्व सभासद शान्ता चौधरीसंगको कुराकानीको अडियो सुन्नुहोस


दाङ, लक्ष्मीपुर निवासी २७ वर्षीया शान्ता चौधरी समानुपातिकतर्फ नेकपा―एमालेका सभासद हुनुहुन्छ। आठ वर्षको कलीलो उमेरदेखि २५ वर्ष सम्म जमीन्दारको घरमा कम्हलरी बसेर विना पैसा काम गरेकी सभासद चौधरी त्यसपछि विद्रोह गरी सामाजिक कार्यमा सक्रिय हुनुभएको थियो। 
 
कम्हलरीबाट उम्किएपछि उहाँले अरु १७ जना कम्हलरीलाई आफैले मुक्त गराई शिक्षाको समेत व्यवस्था आफ्नै तर्फबाट गरिदिनुभएको थियो। साथै डाँडागाउँ चुप्लीबाटामा बिजुली बत्ती ल्याइदिनुभएको थियो। २ सन्तानकी आमा चौधरी भूमि आन्दोलनमा लाग्दा जमीन्दारले उनीहरूलाई दुःख दिएको र आफू बस्ने छाप्रोमा आगो लगाइदिएको स्मरण गर्नुहुन्छ। 
 
हाल उहाँ एमाले संगठित सदस्य तथा जिल्ला सदस्य हुनुहुन्छ। चौधरीले औपचारिक शिक्षा लिनुभएको छैन र सामान्य लेखपढ गर्नुहुन्छ। सामाजिक हितका कार्यमा रुचि राख्‍ने सभासद चौधरी राष्ट्रिय भूमि अधिकार मञ्च र सामुदायिक आत्मनिर्भर केन्द्रसँग आबद्ध हुनुहुन्छ। 
 
सभासद भएपछि दाङबाट एक सहयोगीका साथ काठमाडौं आएकी चौधरीका श्रीमान् र सन्तान भने उहीँ छन्। सभासदको श्रीमान्‌ले पनि काम गर्छ ? भनेर गाउँलेहरूले भन्ने गरेको र श्रीमान्‌ले गाउँमा काम नपाएको उहाँ सुनाउनुहुन्छ। 
 
संविधानसभामा प्राकृतिक श्रोतमाथि मूमिहीनको अधिकार स्थापित गर्ने र कम्हलरी प्रथाको अन्त्य गर्ने दुई मुद्दाहरूलाई प्रमुखतासाथ उठाउने उहाँको अठेट छ।
पूर्व कम्लरी तथा पूर्व सभासद शान्ता चौधरीसंगको कुराकानीको अडियो सुन्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला