मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

अमेरिकामा किन छक्क परिन् सन्नी लियोन?

अमेरिकामा किन छक्क परिन् सन्नी लियोन?


बलिउड अभिनेत्री प्रियंका चोपडा अभिनित अमेरिकी थ्रिलर टेलिश्रृंखला ‘क्वान्टिको’ अमेरिकाबाट प्रसारणको पर्खाइमा छ । अमेरिकी सहरहरुमा यसको पोष्टर टाँस्ने क्रम पनि सुरु भएको छ ।
 
 हाल अमेरिकामा रहेकी बलिउड अभिनेत्री सन्नी लियोन प्रियंकाको पोष्टर जताततै देखेर देखेर छक्क परेकी छन् ।
सो प्रसँगलाई उल्लेख गर्दै सन्नीले यस्तो ट्वीट गरिन्,‘ओ माई गड ! 
 
म भर्खरै लस एन्जलसबाट फर्किएँ । म हुइकिइरहँदा जताततै तिमी नै छाइरहेकी छौ प्रियंका !’
 
सन्नीको ट्विटपछि प्रियंका पनि ट्विटरमा जवाफ दिइन्,‘सन्नी लियोन तिमीलाई धेरै धेरै धन्यावाद ! मलाई पनि क्यालिफोर्नियाको कुनै केटी चम्किनेमा कुनै शंका छैन ।’ – एजेन्सी