मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    

प्रारम्भिक चरणको स्तन क्यान्सरको पूर्ण उपचार कसरी गर्न सकिन्छ ?

प्रारम्भिक चरणको स्तन क्यान्सरको पूर्ण उपचार कसरी गर्न सकिन्छ ?


एजेन्सी– स्तन क्यान्सरको प्रारम्भिक चरणमा नै उपचार गरियो भने यो रोग फेरि हुने संभावना असाध्यै न्युन देखिएको छ ।
 
प्रारँिम्भक चरणमा उपचार गरिएका मध्ये जम्मा ३ प्रतिशत महिलाकशो मात्रै २० वर्षभित्र सो रोगबाट ग्रसित भएर मृत्यु भएको अध्ययनले देखाएको छ । ‘सुखद समचार यो छ प्रारम्भिक चरणमै उपचार हनु सके मृत्यु बिरलै हुने देखिएको छ,’ टोरोन्टोस्थित ब्रेष्ट क्यान्सर रिर्सच युनिटका निर्देशक तथा अध्ययन टोलीका प्रमुख स्टेभेन नारोद भन्छन् ।
 
अनुसन्धानकर्ताहरुले ड्युक्टल कार्सीनोमा इन सितु (डीसीआईएस) नाम गरेको स्तन क्यान्सरको अध्ययन गरेका थिए । एक्सरे मेसिनको परीक्षणपछि थाहा हुने २० देखि २५ प्रतिशत स्तन क्यान्सर डीसीआइएस हो । उनीहरुका अनुसार शुन्य चरणमा रहेको क्यान्सर स्तनभर फैलिने सम्भावना हुदैन । तसर्थ यो चरणको क्यान्सर आक्रमक पनि होइन ।
 
किनकी स्तनको वरपर र चौतर्फी रुपमा फैलिने क्यान्सरलाई आक्रमक मानिन्छ । ‘डीसीआईएस नदोहरिनुले पनि आपतकालिन अवस्था नभएको चिकित्सकीय मान्यता रहेको छ,’ मिचिगन विश्वविद्यालयकी क्यान्सर विज्ञ सारह हाउले भन्छिन् , ‘यी क्यान्सरका बिरामीमा मर्ने खतरा एकदमै न्युन हुन्छ भन्ने मान्यतलाई यस अध्ययनले समर्थन गर्छ । ’
 
सन् १९८८ देखि २०११ को अवधिमा क्यान्सरको उपचार गरिएका १ लाख ८ हजार बढी महिलाहरुको तथ्यांकको सूचना मार्फत स्टेभेन नारोद र उनका सहलेखकहरुले गहन अध्ययन गरेका थिए । यी विरामीको स्तन क्यान्सरबाट मर्न सक्ने खतरालाई सामान्य रोगको खतरामा परेका महिलासँग तुलना गरेका थिए । डीसीआइएसको उपचार गर्दा उनीहरु औषतमा ५४ वर्ष पुगेको र अनुसन्धानकर्ताहरुले आफ्नो अध्ययनको परिणाम साढे सात वर्षसम्म अनुगमन गरेका थिए । त्यसपछि सो टिमले १० र २० वर्षमा समग्र मृत्युदरको अनुमान गरेको थियो ।
 
अध्ययनका क्रममा केबल ९ सय ५६ महिला स्तन क्यान्सरबाट मरेका थिए । उपचारपछि उनीहरुको डीसीआईएस निको भएकोले उनीहरुमध्ये ५१७ जनामा आक्रमक क्यान्सर देखिएन । तर डीसीआईएसबाट क्यान्सर बनाउने कोष कुनै बिन्दुमा पुगेपछि फोक्सो वा हड्डीमा पुगेको र पछि गएर डरलाग्दो क्यान्सरमा विकसित भएको नारोदले बताए । डीसीआइएसको रेकर्ड भएका महिलाको दुबै स्तनमा आक्रमक क्यान्सरको दर समान भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । डीसीआइएस भएका महिलाको रेडियसन थेरापिपछि क्यान्सरजन्य भागको शल्यक्रिया वा एउटै वा दुवै स्तन पूर्ण रुपमा हटाइन्छ । केबल शल्यक्रियाको तुलनामा रेडियसन थेरापीको बृद्धिले कसैको पनि जीवन नबचाएको अध्ययनका लेखकहरुले पत्ता लगाएका थिए ।
 
‘प्राय डीसीआइएस बिरामीका लागि रेडियसन उपचार बिधिले बाच्नका लागि कुनै प्रभाव पारेन भन्नुको अर्थ रेडियसनको विकल्पबारे सोच्नुपर्ने बुझिन्छ,’ हाउले भन्छन् । अध्ययनको निष्कर्षलाई जेएएमए ओनकोलोजीमा यही अगस्ट २० गते प्रकाशित गरिएको छ । ३५ वर्ष मुनिका र अश्वेत महिलामा डीसीआईएसबाट मर्ने उच्च खतरा रहेको हाउलेले दर्शाएका छन् । फराकिलो विश्लेषणमा युवतीमा मृत्युदरको खतरा ८ प्रतिशत र अश्वेत महिलामा ७ प्रतिशत रहेको अध्ययनमा उल्लेख छ ।