मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कैलालीको टिकापुर आक्रमणमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरे

कैलालीको टिकापुर आक्रमणमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरे


टिकापुरमा सोमबार सुरक्षाकर्मीमाथि भएको योजनवद्ध आक्रमणमा संलग्न चारजनालाई प्रहरीले अनुसन्धानको क्रममा पक्राउ गरेको छ।  पक्राउ परेका चारजनालाई टिकापुरबाट हेलिकोप्टरमा धनगढी ल्याएर अस्पतालमा राखिएको छ ।
 
कडा सुरक्षा निगरानीमा राखिएका उनीहरुको बारेमा प्रहरीले केही सार्वजनिक गरेको छैन।  उपचारपछि उनीहरुसँग बयान लिइने प्रहरी अधिकारी बताए ।
 
 आक्रमणमा संलग्न अन्य नाइकेहरुको पनि खोजी भइरहेको छ। सोमबार टिकापुरमा भएको झडपमा क्रममा घेरेलु हतियार प्रयोग गरेर एसएसपी लक्ष्मण न्यौपानैलगायतको हत्या गरिएको थियो ।