मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गौरमा प्रहरीको गोली लागि एक जनाको मृत्यु

गौरमा प्रहरीको गोली लागि एक जनाको मृत्यु


रौटहट, भदौ ८- गौरमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा प्रहरीको गोलि एक जनाको मृत्यु भएको छ।
झडपमा परी मठिया-६ मौलिया टोलका राजकिशोर ठाकुरको मृत्यु भएको फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष अजय गुप्ताले बताए।
 
सदरमुकाम गौरलाई दंगाग्रस्त क्षेत्र घोषणा गरे पनि प्रदर्शनकारीले मंगलबार त्यसको अवज्ञा गरी ढंगामुडा गर्नथालेपछि प्रहरीले गोली चलाएको हो। पिठ्युँमा गोली लागि घाइते भएका उनलाइ तत्काल अस्पताल पुराइएको थियो। अस्पतालमा सामान्य उपचारपछि वीरगञ्ज रेफर गरिएका उनको बाटैमा मृत्यु भएको हो। एम्बुलेन्स चालक शिवु राउतले उनको मृत्यु पुष्टि गरेका हुन्। 
 
उनी रौतहटको मठिया-६ मौलिया टोलका राजकिशोर ठाकुर रहेको फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष अजय गुप्ताले बताए। राजपुर, फरदवा र टिकुलियाबाट करिब ४ सय जनसंख्यामा सदरमुकामतर्फ आइरहेका थिए। प्रहरीले उनीहरुलाई रोक्ने प्रयास स्वरुप १० राउन्ड अश्रुग्यास प्रहार गर्‍यो। दुई राउन्ड हवाइ फायर गर्दा समेत प्रदर्शनकारी अघि बढेपछि प्रहरीले गोली चलाएको थियो। 
 
प्रदर्शनकारी र प्रहरीबीच हाल सदरमुकामको कवीर चोकलगायतका क्षेत्रमा झडप क्रम जारी छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्डभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ। दङ्गाग्रस्त क्षेत्रमा नेपाली सेना भने परिचालन भए पनि झडपमा सेना आएको छैन। बाहिरबाट नै पेट्रोलिङ गरिरहेको छ।
 
रौतहट जिल्ला प्रशासनले गए राति गौर नगरपालिका क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषित गर्दै सेना परिचालन गर्ने निर्णय गरेको थियो। चन्द्र निगाहपुरसँगै जोडिएको ४२ किलोमिटर सहायक राजमार्ग सडक खण्डको १ किलोमिटर दायाँबायाँ दंगाग्रस्त क्षेत्र घोषण गरिएको छ।