मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

टिकापुरमा मारिएका प्रहरीको मरणोपरान्त बढुवा

टिकापुरमा मारिएका प्रहरीको मरणोपरान्त बढुवा


भाद्र ८, २०७२- मन्त्रिपरिषद्को आकस्मिक बैठकले कैलालीको टिकापुरमा सोमबार मारिएका प्रहरीहरुको मरणोपरान्त एक पद बढुवा गर्ने निर्णय गरेको छ ।
 
थरुहट माग गर्दै गरिएको आन्दोलनमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहति ५ र सशस्त्रका दुई हवल्दारको मृत्यु भएको थियो । मृतकका परिवरालाई क्षतिपूर्ति दिनेबारे भने आजको आकस्मिक बैठकले कुनै निर्णय गरेको छैन ।
 
मन्त्रिपरिषद्ले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबैलाई अपिल गर्दै राजनीतिक दल र सामाजिक संघ संस्थालाई यसमा सहयोग गर्न पनि आग्रह गरेको छ ।
बन्द, हड्ताल र आन्दोलनका कारण रोकिएको आपुर्ति व्यवस्था सुचारु गर्ने पनि बैठकले निर्णय गरेको छ ।