मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली समाज टेक्सास (NST) को ४ बर्ष पछि साधारण सभा !

नेपाली समाज टेक्सास (NST) को ४ बर्ष पछि साधारण सभा !


हिमालय खबर, टेक्सास I नेपाली समाज टेक्सास (NST) को ४ बर्ष पछि साधारण सभा हुन लागेको छ।  समाजमा साधारण सभाको मांगको आवाज सर्बसाधारण उठिरहेको भए पनि साधारण सभा बस्न सकेको बिधानत् बर्षको एकपटक बस्नु पर्ने हो। हुनत अन्यत्रका नेपाली समाजहरु भन्दा निकै सम्पन्न नेपाली समाज टेक्ससमा धेरै मनकारी मान्छेहरु भएर होला समाजमा गतिविधिहरु निकै गतिशील छन्। 
 
नेपाली समाज टेक्सासका पूर्ब अध्यक्ष श्री गौरी राज जोशी को संयोजकत्वमा पूर्ब अध्यक्षहरु श्री बैकुण्ठ बिक्रम थापा तथा श्री रामचन्द्र पोखरेल सदस्य रहेको ३ सदस्यीय नेपाली समाज टेक्सासको बिधान संसोधन कमिटि गठन गरेको जानकारी समाजले गराएको थियो। त्यहि बिधान लगायतका अन्य गतिविधिहरुमा छलफल हुने कुरा महासचिब द्वारा प्रेषित सार्बजनिक सुचनामा जनाइएको छ।   
 
नेपाली समाज टेक्सासले बिधान संसोधन कमिटिले प्रस्तावित बिधान, विभिन्न संघ /संस्थाहरु सहित भइ छलफल गरि, कार्यकारणी समिति को बैठकले समेत तयार पारेको सम्पूर्ण सुझाब सहित बिधान संसोधन कमिटिमा पठाएर, प्राप्त संसोधन सहितको बिधान को प्रस्तावित कपि आफ्नो वेबसाइटमा सार्बजनिक अध्ययनका लागि प्रकाशित गरेको छ। 
 
नया विधानका नया रुपहरु:
१. प्रत्यक्ष निर्वाचन प्रणाली 
२. उपाध्यक्ष ३ बाट घटाएर १ 
३. बिभिन्न क्षेत्र का संयोजकको (युवा/महिला/आइटि) को प्रत्यक्ष निर्वाचन 
४. निर्वाचन कमिटि साधारण सभाले निर्णय गर्ने 
५. साधारण सदस्यता शुल्क साधारण सभाले निर्णय गर्ने 
६. बोर्ड अफ काउन्सिल नरहने 
७. कार्यकारिणी समिति २५ सदिस्यीय बाट घटाएर १५ सदस्यीय  
 
साधारण सभा मिति: August 23 , आइतबार समय: दिउसो २ बजे, स्थान: NST कार्यालय (2016 W. Grauwyler Rd, Irving, TX 75061) मा हुने जनाईएको छ।