मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

राजधानीमै हैजा किन देखियो ?

राजधानीमै हैजा किन देखियो ?


काठमाडौं– एक हप्ताअघि सेन्ट्रल जेलका १ सय ८४ जनालाई एकैपल्ट झाडापखाला भयो । तीमध्ये दुईजनामा कोलेरा (हैजा) देखियो ।
 
 त्यसको केहीदिन अघि मात्रै कुलेश्वर र कालिमाटी क्षेत्रका सयभन्दा बढी टेकुस्थितशुक्रराज सरुवा रोग अस्पताल टेकुमाभर्ना भए । तीमध्ये २९ जनामा हैजाका जिवाणु भेटिए । पाटन हस्पिटलमा झाडापखाला भएर आएकामध्ये ३ जनामा हैजा भेटिएको छ भने नुवाकोटमा दुई जनामा ।
 
इपिडिमियोलोजीतथा सरुवा रोग नियन्त्रण महाशाखामा रेकर्ड रहेको तथ्यांकहो यो । शाखाको डाटा अनुसार अघिल्लो वर्षभन्दा दोब्बरले हैजा बढेको देखिएको छ । 
 
भूकम्पपछि पानीजन्य रोगको प्रकोप बढ्ने खतरा देखेर त्यसको नियन्त्रणका लागि खटिएको महाशाखाले हैजाको चार थरी जिवाणुमध्ये अहिले ओगावा देखिएको बताएको छ ।