मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपथ्य ब्याण्ड पहिलो पटक अमेरिकामा कन्सर्ट गर्दै (भिडियो सहित)

नेपथ्य ब्याण्ड पहिलो पटक अमेरिकामा कन्सर्ट गर्दै (भिडियो सहित)


नेपाली लोक रक ब्याण्ड नेपथ्यले अमेरिकामा पहिलो पटक प्रस्तुति गर्ने भएको छ । “म्युजिक फोर युनिटी” भन्ने नारा सहित अमेरिकाका बिभिन्न सहरहरुमा एक महिना लामो सांगीतिक यात्राहुने आयोजकहरु ओडीसी इन्टरतेन्मेन्त र लुम्बिनी इन्टरनेसनलले एक पत्रकार भेटघाट आयोजना गरि जानकारी दिएको छ । अमेरिकामा पहिलो शो न्युयोर्कमा आगामी अगस्त २९ तारिखका दिन ३४ स्ट्रिटमा रहेको ह्यामेरस्टेन बलरुम हुनेछ । त्यसै गरि सेप्तेम्बेरको अन्तिमसाता टेक्सासमा अर्को शो हुनेछ । बाकी शोहरुको लागि भने अहिले सम्म निश्चित भै नसको लुम्बिनी इन्टरनेसनलका विश्व बहादुर शाहले जानकारी दिए । नेपथ्य आफ्ना दश सदस्यीय सांगीतिक टोलि सहित अगस्त २६ तारिखका दिन न्युयोर्क आइपुग्ने छन् ।
 
नेपथ्य ब्याण्ड करिब २० बर्ष अघि गठन भएको हो । छेक्यो छेक्यो, सा कर्णाली, जोमसोम बजारमा, भेदको ऊँन जस्तो, गीतहरु नेपथ्यका लोकप्रिय गीतहरु हुन् ।
संसारका बिभिन्न देशहरुमा आफ्नो सांगीतिक प्रस्तुति देखाई सकेको नेपथ्यले लण्डन स्थित प्रख्यात वेम्ब्लेमा समेत आफ्नो सांगीतिक प्रस्तुति देखाई सकेको छ । अमेरिकामा भने यो पहिलो प्रस्तुति हुने छ । तुलनात्मक रुपमा अरु नेपाली सांगीतिक समुह भन्दा नेपथ्य महँगो ब्याण्डका रुपमा चिनिन्छ । करिब तीन बर्ष देखिको निरन्तर प्रयाशपछि यो पटक नेपथ्यको कन्सर्ट अमेरिकामा सम्भब भएको आयोजक मध्यका एक ओडीसीका सिमान्त गुरुङले बताए ।
 
 
नेपथ्यको कन्सर्टको लागि यस पटक ३५, ५०, ७५, र १०० को टिकट दर तोकिएको छ जसमा अतिरिक्त कर पनि लाग्नेछ ।