मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

सानफ्रान्सिस्कोमा राजदुत डा. कार्कीसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सानफ्रान्सिस्कोमा राजदुत डा. कार्कीसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


अमेरिका, १६ अगस्ट / एनआरएन अमेरिका लगायत स्थानीय नेपाली संघ-संस्थाहरुको संयोजनमा अमेरिकाको लागि नेपाली राजदुत डा. अर्जुन कार्कीसंग समसामयिक बिषयउपर सानफ्रान्सिस्कोमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।
 
बैशाख १२ र त्यस पश्चात गएको विनाशकारी भूकम्पले पुर्याएको नोक्शानीबाट पुन: कसरी उठ्न सकिन्छ, नेपालको पुन:निर्माणमाप्रवासी नेपालीले कसरी सहयोग पुर्याउन सक्छन, नेपालमा बन्न गईरहेको संबिधानमा प्रवासी नेपालिहरुको अधिकतम हक कसरी स्थापित गराउन सकिन्छ भन्ने जस्ता जल्दाबल्दा बिषयउपर छलफल केन्द्रित रहेको थियो । प्रमुख अतिथि राजदुत डा. अर्जुन कार्कीले आफु नेपाली समाजको उत्थान र बिकाशको लागि प्रयाशरत रहने बताउनु भयो । आफु चार महिना भित्र नेपाली दुताबासलाई चुस्त-दुरुस्त रुपमा सेवा पुर्याउन सक्ने बनाउन लागिपरेको बताउनु भयो ।
 
एनआरएन अमेरिकाका मिडिया कोअर्डिनेटर सर्वज्ञ वाग्लेले हामी सबै नेपालीको हितको लागि सदैव क्रियाशील भईरहेका छौ, आगामी दिनमा सबै संघ-संस्थालाई गोलबन्द गरि नेपालीको बृहत्तर हितमा काम गर्न अग्रसर रहन सबैलाई आब्हान गर्नु भयो । लुम्बिनी कपिलबस्तु शान्ती अभियानका अध्यक्ष डा. किशोर शेरचनले सबै भन्दा ठुलो एशियन म्युजियम भएकोले बुद्दको सम्बन्धि जानकारी राख्नु पर्ने बताउनु भयो । सभाका अध्यक्ष पूर्ण बानियाँले यस क्षेत्रमा नेपालीहरुको बाक्लो उपस्थिति रहेको र स-साना कामको लागि समेत वाशिंगटन डी.सि. जानु पर्ने बाध्यताले समय, पैसा समेत खर्च हुने हुँदा नेपाली दुतावासको अनिवार्यता भईसकेको बताउनु भयो ।
 
कार्यक्रममा वानाका अध्यक्ष उत्तम कार्की, NAGC अध्यक्ष मनि नेपालि पनेरु, NANC का पुर्व अध्यक्ष धन दवाडी, Global Inter Cultural Exchange Nepal का अध्यक्ष दुर्गा दहाल, नेपाली जन सम्पर्क समिति क्यालिफोर्नियाका उपाध्यक्ष तारा बराल, एनआरएन क्यालिफोर्निया च्याप्टरका सुरेन्द्र मल्ल, नेवा: समुहका अध्यक्ष बुद्ध महर्जन, शेर्पा एशोसियशनका अध्यक्ष आंग छिरिंग शेर्पा, NANC का उपाध्यक्ष इश्वर सिटौला, एभरेस्ट क्लब शान्ता रोजाका अध्यक्ष दिकेन्द्र मास्के, समाजसेवी पिताम्बर दहाल, ब्यापारी दिनेश भट्टराई लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
 
एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरका अध्यक्ष पूर्ण बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा नेपलिज सोसाइटी अफ क्यालिफोर्नियाका अध्यक्ष टिकाराम सुबेदीले स्वागत मन्तब्य, NAFCA अध्यक्ष सुरेन्द्र अधिकारीले धन्यबाद ज्ञापन गर्नु भएको थियो भने साहित्यकार बासु ढकालले संचालन गर्नु भएको थियो ।