मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

‘फेस्टिभल अफ ग्लोब्स’ अन्तर्गत सनफ्रान्सिस्को विश्व चलचित्र महोत्सव– २०१५ ( फोटो फिचर )

‘फेस्टिभल अफ ग्लोब्स’ अन्तर्गत सनफ्रान्सिस्को विश्व चलचित्र महोत्सव– २०१५ ( फोटो फिचर )


महोत्सवमा प्रस्तुत हुने नृत्यको तयारी गर्दै अभिनेतृद्वय नन्दिता केसी र केकी अधिकारी नृत्यनिर्देशक श‌कर बिसीका साथ सनफ्रानसिस्कोमा ।
 
अमेरिकाको सन्‌फ्रान्सिस्कोमा जारी ‘फेस्टिभल अफ ग्लोब्स’ अन्तर्गत सनफ्रान्सिस्को विश्व चलचित्र महोत्सव– २०१५ अन्तिम चरणमा पुग्दै गर्दा नेपाली चलचत्रिकर्मीहरु ब्यस्त र उत्साहित भएका छन् ।
 
३० भन्दा वढी राष्ट्रको सहभागिता रहेको यो महोत्सवमा विभिन्न देशका चलचित्रकर्मी आउने क्रम जारी छ ।
महोत्सवमा नेपालसहित अमेरिका, भारत, चीन, मेक्सिको, इरान, रुसलगायतका देशका फिल्म र चलचित्रकर्मीहरुको सहभागिता छ ।
 
 
 
महोत्सवमा जोयस पाण्डे निर्देशित ‘साँघुरो,’ शंकर घिमिरेको ‘तुलसी,’ उदय सिंजापतीको ‘टाटा बाइबाइ’ प्रदर्शनका लागि छनोटमा परेका छन् भने छोटा चलचित्र अन्तर्गत फूलमान बलको ‘सेलफोन’ र जसकुमार राईको ‘सेक्रिफाइस नेभर डाइ’ को प्रदर्शन भइसकेको छ ।
 
नेपाली चलचित्रबारे महोत्सवमा सकरात्मक प्रतिक्रिया आइरहेको महोत्सवका निर्देशकमध्येका प्रकाश थापाले बताए ।
 
“महोत्सवले विश्वभरका फिल्मकर्मीलाई कम्तिमा नेपाली चलचित्रको स्वाद वुझ्ने अवसर दिएको छ,” उनले भने ।
 
निर्देशक जसकुमार राईले नेपाली फिल्म प्रवर्द्धनमा महोत्सवले धेरै सहयोग गरेको बताए ।
 
७ अगस्तमा शुरु भई १६ अगस्तमा समापन हुने महोत्सवमा विश्वभरका १५० चलचित्र प्रदर्शनी हुँदैछन् ।
 
महोत्सवको विशेष आकर्षण भनेको बलिउड र नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय अभिनेता सुनिल थापालाई ग्लोवल लाइफ टाइम एचिभमेण्ट अवार्ड प्रदान गरिदैछ ।