मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो कथा होइन   

सौतनी बाबुद्वारा बलात्कृत ११ वर्षीय बालिका बनिन् आमा

सौतनी बाबुद्वारा बलात्कृत ११ वर्षीय बालिका बनिन् आमा


 दक्षिण अमेरिकी देश पाराग्वेकी एक ११ वर्षीय बालिका आमा बनेकी छिन् । बालिकाले असउनसिअनको रेडक्रस अस्पतालमा छोरी जन्माएको बालिकाकी आमाका वकिल एलिजाबेथ टोरेल्सले एएफपीलाई बताइन् । किशोरी अवस्था पनि नपुगेकी ती बालिकाले छोरी जन्माएकी हुन् ।
 
 अहिले आमा र छोरी दुबैको अवस्था राम्रो रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताए ।  ‘बालिकाको नाम राख्न भने बाँकी नै छ,’ टोरेल्सले भनिन् । अस्पतालका निर्देशक मारिओ भिलेबाले अस्पताल परिसर बाहिर सञ्चारकर्मीसँग बोल्दै शिशु जन्माउन ३५ मिनेट लागेको बताइन् । बालिका अझै तीन अथवा चार दिन अस्पतालमा रहने बताइन् । दुबै आमा छोरीलाई हजुरआमाले घेरेर राखेको उनले प्राप्त समाचारमा जनाइएको छ ।
 
बलात्कारपछि उनको गर्भ रहेको थियो । उनको गर्भ पतन गर्नु पर्ने माग यसअघि एम्नेष्टि इन्टरनेसनल लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था गरेका थिए । तर पाराग्वेको कानून अनुसार आमाको स्वास्थ्य अवस्था खतरा नहुन्जेल गर्भपत गर्न नपाईने कडा कानूनले गर्दा स्वंयम सरकारले नै उनलाई गर्भपतन गर्नबाट बञ्चित गरेको थियो ।
 
बालिका १० वर्ष पुग्दा उनका सौतेनी बाबुले नै बलात्कार गरेको यसअघि जनाइएको थियो । बलत्कारको आरोप पछि सौतनी बाबुलाई पक्राउ गरी हाल मुद्दा चलाइएको छ । उता गर्भवती बालिकालाई वास्ता नगरेको उनकी आमामाथि लागेको छ ।
 
आमाले छोरीको गर्भपतन गर्न आग्रह गरे पनि सरकारले अनुमति दिएको थिएन । सरकारी कदमको धार्मिक समूहहरुले स्वागत गरेपनि राष्ट्र संघ र मानवअधिकारबादी संघ संस्थाले बिरोध जनाएका थिए । आमाको अवस्था गंभीर भएको अवस्थामा बाहेक पाराग्वेमा भु्रण हत्या गर्न प्रतिबन्ध रहेको छ । बालिका पाँच महिनाको गर्भवती हुँदा उनको स्वास्थ्य अवस्था राम्रो भएको स्वास्थ्यकर्मीहरुले बताएका थिए ।
 
यसैबीच, बालिकाले शिशु जन्माएको बालिका र शिशुको अवस्था राम्रो रहेको भन्दै एम्नेस्टीले खुसी जनाएको छ । विहीबार एक विज्ञप्ति जारी गरी पाराग्वेका अधिकारीहरुले उनको मानवअधिकार हनन गरेको आरोप लगाए । बालिकाको नाम सार्वजनिक गरिएको छैन । – एजेन्सी