मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

श्री पशुपतिनाथ फाउनडेशन युएसएद्वारा मुर्ति खरिदको लागि दान गर्न आब्हान

श्री पशुपतिनाथ फाउनडेशन युएसएद्वारा मुर्ति खरिदको लागि दान गर्न आब्हान


 लस एन्जल्स/ श्री पशुपतिनाथ फाउनडेशन युएसएले आफ्नो मन्दिर भवनमा भिभिन्न देवी देवताको मुर्ति स्थापनाको लागि दाताहरुलाई दान गर्ने सुवर्ण अवसर प्रदान गर्न लागेको जनाएको छ । हिन्दु धर्ममा मुर्ति स्थापना गर्ने कार्यलाई महान् कार्यको रूपमा लिइने हुँदा नेपाली समुदायका हरेक व्यक्तिलाई मुर्ति खरिद प्रक्रियामा दान गरी आफ्नो नाम समेत उल्लेख गर्ने अवसर प्रदान गर्नको लागि सबैलाई आब्हान गरिएको संस्थाका अध्यक्ष भक्त थापाले बताउनु भयो । 
 
मुर्ति खरिदको लागि एघार हजार एक सय एघार भन्दा बढी मुर्तिको लागि दान गर्नेको नाम मुख्य यजमान ”Principal Devotee” भनेर मन्दिरको भित्तामा स्थाई रूपमा लेखिने, पाँच सय एक भन्दा बढी दान गर्नेको नाम शिलापत्रमा लेखि मन्दिरको भित्तामा स्थाईरुपमा राखिने र यसरी दान गरिएको रकम कुल दान गरिएको रकममा थप गरिने समेत फाउनडेशनका महासचिव रामेश्वर भण्डारीले बताउनुभयो । मुर्तिको लागि दान गर्न इच्छुक व्यक्तिले दान गर्न चाहेमा सोझै चेकबाट  “Shree Pashupatinath Foundation, USA” को नाममा तल मेमो मा “Murti Purchase” उल्लेख गर्ने, Bank of America मा Shree Pashupatinath Foundation, USA को Account # 001051076544 मा सिधा डिपोजिट गर्ने वा श्री पशुपतिनाथ फाउनडेशन युएसए को वेबपेजमा गएर सोझै फेब्रुवरी १७ सम्ममा दान गर्न सकिने कोषाध्यक्ष एकराज पाण्डेले बताउनु भयो । 
 
मार्च ७ तारिखमा महाशिवरात्रि परेको हुँदा सो भन्दा अगावै सम्पूर्ण मुर्तिहरु स्थापना गरिसक्ने ध्ययका साथ फेब्रुवरी १७ सम्म दान गर्ने म्याद राखिएको छ । बुद्ध मुर्ति र शिव लिङ्ग काठमान्डौबाट ल्याइने र अन्य मुर्तिहरु भारतबाट आयात गरिन लागिएको छ । नेपालबाट ल्याउन लागिएको शिव लिङ्ग पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराउन लागेको र सो को उद्घाटनको लागि पशुपति मन्दिरबाट एक भट्ट समेत आउन लागेको भण्डारीले बताउनु भयो ।