मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रहरी हस्तक्षेपमा राप्रपा (नेपाल)का नेता तथा कार्यकर्ता घाइते

प्रहरी हस्तक्षेपमा राप्रपा (नेपाल)का नेता तथा कार्यकर्ता घाइते


काठमाडौँ । राप्रपा (नेपाल)ले जनताले दिएका सुझावलाई नयाँ संविधानमा समेट्न माग गर्दै आज आयोजना गरेको विरोध जुलुसमा प्रहरी हस्तक्षेप भएको छ ।
 
पार्टीले माइतीघरबाट निकालेको जुलुस नयाँ बानेश्वर चोकबाट अगाडि बढ्न खोज्दा प्रहरी हस्तक्षेप भई सयौँको सङ्ख्यामा विभिन्न नेता तथा कार्यकर्ता घाइते भएको पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
 
उहाँका अनुसार प्रहरीले अश्रुग्यास, लाठीचार्ज समेत गरेपछि घाइते भएका नेता तथा कार्यकर्ताको बानेश्वरको एभरेस्ट नर्सिङ होममा उपचार भइरहेको छ । श्रेष्ठसहित अधिकांशको हातखुट्टा भाँचिएको तथा केहीको टाउको र ढाडमा चोट लागेको बताइएको छ । 
 
पार्टीले शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन गर्दा भएको प्रहरी हस्तक्षेपको छानबिन गरी घाइतेको उपचार गर्न पार्टीका नेता देवेन्द्र प्रधानले माग गर्नुभयो । सो पार्टीले सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र कायम गर्नुपर्ने, स्थानीय निकायको चाँडो निर्वाचन गर्नुपर्नेलगायतका माग गर्दै विभिन्न चरणका आन्दोलन तथा विरोधका कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस