मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

छोरी जन्माएको निहुमा घर निकाला

छोरी जन्माएको निहुमा घर निकाला


पथरी (मोरङ) । छोरी जन्माएको निहुमा मोरङको दर्वेशा– ३ की २३ वर्षीया यामकुमारी कार्की (गोमा) ले मानसिक र शारीरिक यातना दिएका कारण घर छोड्नु परेको छ ।
 
छोरी जन्मिएपछि पति लीलबहादुर बराल, देवर हुकुम बराल र नन्द आमाजुहरूले परपुरुषको गर्भ बोकी छोरी जन्माएको आरोप लगाएपछि घरेलु हिंसा सहन नसकी यामकुमारी घर छाड्न बाध्य हुनु भएको छ ।
 
लीलबहादुर विदेश गएको आठ महिनापछि शल्यक्रियाबाट छोरी जन्मिएको थियो । छोरी जन्मनुभन्दा २÷३ महिनाअघिसम्म लीलबहादुरले बारम्बार फोन गरी नियमित स्वास्थ्य परीक्षण गर्न सुझाव दिएको यामकुमारी सुनाउनुहुन्छ । 
 
तर छोरी जन्मिएपछि अनेक जालझेल गरेर यामकुमारी घरबाट निकाला भएकी छन् ।
 
यामकुमारीले अंश भराइदिनु भनेपछि एक बिगाहा दुई कट्ठा जग्गा भएका लीलबहादुरले आफ्नो सबै सम्पत्ति माइली दिदी कृष्णमाया अधिकारीको नाममा बकस पास गरिदिएका छन् ।
अहिले पनि फोन गरेर ज्यान मार्ने धम्की आउने र ‘अश्लील शब्द बोलेर गालीगलौज गर्ने गरेको पीडित यामकुमारीले बताउनु भयो । लीलबहादुर पुनः वैदेशिक रोजगारका लागि दुवई गएका छन् । रासस