मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

कायरोमा तातोहावाका कारण २८ जनाको ज्यान गयो

कायरोमा तातोहावाका कारण २८ जनाको ज्यान गयो


कायरो, २९ साउन । इजिप्टमा केही हप्तादेखि सुरु भएको तातो हावा बहने प्रकोपले देशव्यापी रुपमा नै प्रभावित बनाएको समाचारमा जनाइएको छ । राजधानी कायरो र बाहिर पनि तातो हावा चलेको र त्यसमा परी कम्तीमा पनि २८ जनाको ज्यान गएको बताइएको छ । 
 
देशव्यापी रुपमा सुरु भएको यस प्रकोपका कारण कयौँ नागरिक प्रभावित भएको समाचारमा जनाइएको छ । कायरो र बाहिरका पनि कयौँ अस्पतालहरुमा बिरामीहरुको भीड लागेको छ । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यसका कारण सयौँ जनालाई अस्पताल भर्ना गरिएको जनाइएको छ । 
 
इजिप्टको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार इजिप्टमा पछिल्लो समयमा ४७ डिग्रीभन्दा पनि बढी तापक्रम पुगेको छ । सोही तापक्रमका कारण जनजिवन निकै प्रभावित भएको बताइएको छ ।
 
यसबाट प्राय बालबालिका र बृद्धबृद्धाहरु प्रभावित भएका छन् । यस प्रकोपबाट बच्नका लागि स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले दिउँसोको समयमा सकेसम्म घरबाहिर घाममा ननिस्किन सूचित गरेको छ । स्वास्थ्य अधिकारीहरुले पानी प्रसस्त मात्रामा खान, शीतल हुने खालका फलफूल एवम् चीसो पेय पदार्थ खान पनि सुझाव दिएका छन् ।
 
बृद्धबृद्धा, बालबालिका, रक्तचाप र मधुमेहका रोगीहरुलाई मध्य दिउँसोको तातो घाममा ननिस्किन आग्रह गरिएको छ । उनीहरुलाई यो तातो हावाले असर पार्ने भएकोले विशेष सतर्कता अपनाउन आग्रह गरिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
 
गएको मे महिनामा पनि राजधानी कायरो र अरु कयौँ स्थानमा यस्तै तातो मौसम र सुख्खापन बढ्दा धुलोले सबैतिर ठूलो असर पारेको थियो । त्यसका कारण पनि कयौँ नागरिकको ज्यान गएको थियो । रासस / सिन्ह्वा