मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भाटभटेनी सुपरमार्केटमा काम गर्दै आएका दुई सुरक्षा गार्ड चोरीको आरोपमा पक्राउ

भाटभटेनी सुपरमार्केटमा काम गर्दै आएका दुई सुरक्षा गार्ड चोरीको आरोपमा पक्राउ


काठमाडौं: राजधानीको चुच्चेपाटीमा सञ्चालित भाटभटेनी सुपरमार्केटमा काम गर्दै आएका दुई सुरक्षा गार्ड चोरीको आरोपमा पक्राउ परेका छन्।
 
प्रहरीले उनीहरूबाट चोरीका समानसमेत बरामद गरेको छ। पक्राउ पर्नेमा रामेछाप गेलु घर भएका शेरबहादुर बुढाथोकी र नुवाकोट कालिकास्थान घर भएका दुर्गाबहादुर भण्डारी छन्। प्रहरीले भण्डारीको गोंगबु बानियाँटारस्थित डेराबाट चोरीका थुप्रै सामान बरामद गरेको छ।
 
चार वर्षदेखि भाटभटेनीमा सुरक्षा गार्डको काम गर्दै आएका भण्डारी र बुढाथोकीले चोरी गरिरहेको भिडियो सीसी क्यामेराले कैद गरेका कारण उनीहरू पक्राउ परेका हुन्। महानगरीय प्रहरी वृत्त बौद्धले दुवैलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
 
 
वृत्तका प्रमुख डीएसपी नरहरि रेग्मीका अनुसार राति चाबीसमेत आफूसँगै राखेका भण्डारीले भाटभटेनीका अधिकांश ब्लकबाट चोरी गर्न भ्याएका थिए। भण्डारीले बुढाथोकीको मिलोमतोमा सुटकेस, कार्पेट, तामाको थाली, लोटा, प्रेसरकुकर, हटकेस, इलेक्ट्रोनिक टर्चलाइट, मिक्स्चर, लेडिज जिन्स पाइन्ट, ब्याग, स्विमिङ कस्टमलगायत एक सय ४१ प्रकारका सामान चोरी गरेका थिए।
 
‘भण्डारीको कोठामा छापामार्दा प्रहरी नै जिल खायो। चोर्न पनि केही बाँकी राखेका रहेनछन्। बुढाथोकीको कोठाबाट भने केही फेलापरेको छैन। उनले मतियारको काम गरेको हुनसक्ने आशंकामा अनुसन्धान अगाडि बढेको छ', डीएसपी रेग्मीले भने।