मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

नाइजेरियामा बम विस्फोट, कम्तीमा ४८ को मृत्यु

नाइजेरियामा बम विस्फोट, कम्तीमा ४८ को मृत्यु


अबुजा, २७ साउन । नाइजेरियाको उत्तरपश्चिमी भागमा पर्ने बोर्नो राज्यको दम्बोआ जिल्लामा मङ्गलबार भएको एक विस्फोटनमा परी कम्तीमा ४८ व्यक्तिको मृत्यु भएको छ ।
 
सुरक्षा र स्थानीय स्रोतले दिएको जानकारीअनुसार शक्तिशाली बम विस्फोटबाट सो क्षेत्रमा ठूलो सङ्ख्याका नागरिक मारिएका छन् । सोबोनगरी समूदायमा अपराह्नमा भएको सो विस्फोटनमा परी ४० भन्दा बढी घाइते भएका स्थानीय सुरक्षास्रोतले जानकारी दिएको छ । 
 
बोर्नाे राज्यको बजार क्षेत्रमा नै सो बम विस्फोटको योजना बनाइएको र व्यस्त इलाका हेरेर सो विस्फोट गरिएको बताइएको छ । यस शक्तिशाली आक्रमणको हालसम्म कुनै आतङ्ककारी समूहले जिम्मा लिएको छैन । 
 
तर नाइजेरियामा यस प्रकारको आतङ्ककारी आक्रमण बोको हराम आतङ्ककारी समूहले गराउँदै आएको हुनाले यो आक्रमणमा पनि यसै समूहको हात रहेको अनुमान गरिएको छ । गत आइतबार पनि बोको हराम आतङ्ककारी समूहले दम्बोओ सडकमा  गरेको एक बम विस्फोटमा परी कम्तीमा चार व्यक्तिको मृृत्यु भएको थियो ।
 
नाइजेरियामा बोको हराम आतङ्ककारी समूहले सन् २००९ बाट सुरु गरेको आतङ्कमा परी हजारौं व्यक्ति मारिएका छन । गत मे महिना नाइजेरियाको राष्ट्रपति पदमा मोहमद बुहारी आउनु भएपछि ८ सय भन्दा बढी व्यक्तिको मृत्यु भइसेकेको छ । रासस / सिन्ह्वा