मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बन्दमा बालबालिकाको प्रयोग नगर्न अपिल

बन्दमा बालबालिकाको प्रयोग नगर्न अपिल


नवलपरासी । संघीयता र सीमांकनसहितको संविधानको पछिल्लो मस्यौदाको विरोधमा बालबालिकाको प्रयोग भएकोमा जिल्ला बालकल्याण समिति नवलपरासीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
 
केही दिनयता नवलपरासीमा भैरहेको विरोध कार्यक्रममा बालबालिकाको प्रयोग भएको पाइएपछि समितिले ध्यानाकर्षण भएको जनाएको हो ।
 
स्वतःस्फूर्त बालबालिका सहभागी भएको भन्दै बन्द हड्ताल जुलुस नाराबाजी कार्यक्रममा सहभागी गराउनु कानुन, सिद्धान्त र बालबालिका शान्ति क्षेत्र, बालमैत्री अवधारणाविपरित रहेको जिल्ला बालअधिकार अधिकृत रवि गौतमद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
 
विज्ञप्तिमा जोखिम र संवेदनशीलतालाई ध्यानमा राख्दै बालअधिकारको सम्मान गर्न सम्बन्धित सरोकारवालालाई आग्रह गरिएको छ ।