मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रातो पासपोर्ट काण्डका तीन पूर्वसभासदलाई जेल

रातो पासपोर्ट काण्डका तीन पूर्वसभासदलाई जेल


काठमाडौं । रातो पासपोर्ट दुरुपयोग गरेको ठहर गर्दै विशेष अदालतले तीन पूर्व सभासदसहित कर्मचारी र बिचौलियासमेतलाई जेल सजाय सुनाएको छ ।
 
न्यायाधीश पवनकुमार शर्मा, प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको मंगलबार बसेको इजलासले पूर्व सभासद गायत्री साह, बीपी यादव र शिब पुजनलाई नही ४ महिना कैद र १५ हजार जरिवाना गरेको हो ।
 
अघिल्लो संविधानसभामा साह जनता दलकी सभासद थिईन भने यादव र पुजन फोरमका सभासद थिए । विशेषले अध्यागमनका तत्कालिन कर्मचारीहरु इन्कुमार सुनुवार, देबीदत्त खत्री, रमेश लम्साल, श्यामबहादुर भण्डारी र भूमिनन्द भण्डारीलाई पनि उनीहरु सरह नै सजाए सुनाएको छ । कान्तिपुरमा समाचार छ ।