मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाको टेक्सासमा मृत अवस्थामा फेला परेका उपेश कक्षपतिको अन्त्येष्टि I

अमेरिकाको टेक्सासमा मृत अवस्थामा फेला परेका उपेश कक्षपतिको अन्त्येष्टि I


हिमालय खबर टेक्सास I शुक्रवार, अगस्ट ७, २०१५ – टेक्सास राज्यको अर्भिंग सहरस्थित  उनकै अपार्टमेन्टमा मृत अवस्थामा फेला परेका उपेश कक्षपतिको आज अगस्ट ११ मंगलबार  दाहसंस्कार गरियो I नेपाली समाज टेक्सास (NST) र गैर-आवासीय नेपाली संघ (NRNA) को सक्रियतामा उनको अन्त्येष्टिको व्यवस्था गरिएको थियो I एनएसटीका महासचिव बिजयराज भट्टराई, उपाध्यक्ष वाल जोशी, पुर्वअध्यक्ष एवंम् समाजसेबी व्यवसायी गौरी जोशी, पुर्वअध्यक्ष एवंम् एन. आर. एन. केन्द्रीय उपाध्यक्ष राम सी पोख्रेल, एन. आर. एन.  कोषाध्यक्ष बेदराज बस्नेत, टेक्सास च्याप्टर अध्यक्ष उत्तम लामिछाने, नेपाली जन सम्पर्क समिति ड्यालसका अध्यक्ष ज्ञानेन्द्र राज कार्की, ड्यालस  एभरेस्ट लायन्स क्लबका पूर्व अध्यक्षहरु मकरध्वज बज्राचार्य, शिव काफ्ले लगाएत स्थानीय नेपाली समाजका मानिसहरू अन्त्येष्टिमा  उपस्थित थिए I नेपाली मन्दिरका गुरु डा. शेखर पण्डितले मन्त्र पाठ गर्नु भएको थियो I

अन्त्येष्टिमा  भागलिन अमेरिकामा रहेका मृतक कक्षपतिको फुपू सुशिला प्रधान (भर्जिनिया) र काकाकी छोरी केली श्रेष्ठ (बोस्टन) आजै टेक्सस आइपुगेका थिए I हिमालय खबरसंग कुरा गर्दै फुपू सुशीला प्रधाले आफूलाई मृत्युको कुनै कारण थाहा हुन नसकेको बताईन I उनका अनुसार झन्डै एक वर्ष देखि भदाहासंग सम्पर्क हुनुसकेको थिएन I पटक पटक फोन गर्दा पनि फोन उठ्दैन थियो I काठमाण्डौकै छिमेकी केदार श्रेष्ठ तथा साथी अशेष लगाएत उनका धेरै साथीहरुलेले उपेश जेहन्दार बिधार्थी हुनुका साथै सहयोगी व्यवहारको मिजासिलो व्यक्ति थियो भन्ने हिमालय खबर संगको कुराकानीमा बताए  I तर, गत एक वर्षदेखि उ सँग सम्पर्क हुन नसकेको भन्ने उनीहरूको पनि भनाई थियो I उनीहरूले उपेशको अन्त्येष्टि गरिदिएर ड्यालसको नेपाली समाज , अग्रणी संघ – संस्था , यहाँका अगुवाहरुले सह्रानिय कार्य गरेको भन्दै अरू राज्यमा रहेक नेपाली संगठनहरुले यस्तो कामको सिको गर्नु पर्ने खाँचो औंल्याए ।

करिब ९ वर्ष अघि अध्ययनका लागि अमेरिका आएका उपेश अध्ययन सकेपछि पनि अमेरिकामै   बसोबास गरिरएका  थिए I उनले युनिभर्सिटी अफ टेक्सस, आर्लिंन्टनबाट अकौन्टिंनमा स्नातक गरेका थिए I सन् १९८७ अप्रिलमा वाह्रबिसे, सिन्धुपाल्चोकमा जन्मिएका उनी केटाकेटीमै काठमाडौँ आएका थिए I नयाँ बानेश्वोर, बिजुलीबजारका रमेश कक्षपतिका कान्छा छोरा उपेशका एक दाजु एक दिदी  छन्  I