मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

चिकित्सक संघको कार्यक्रममा चर्काचर्की

चिकित्सक संघको कार्यक्रममा चर्काचर्की


काठमाडौं– माथेमा आयोगको रिपोर्ट सार्वजनिक भएपछि नेपाल चिकित्सक संघले आफ्नो धारणा प्रष्ट पार्न शनिवार अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । विशेष गरी माथेमा आयोगको रिपार्ट र रिपोर्ट कार्यान्वयनका लागि डा. गोबिन्द केसीले गर्ने आन्दोलनका बारेमा भूमिका स्पष्ट पार्न कार्यक्रम आयोजना गरिएको थियो । 
तर, शनिवारको कार्यक्रमबाट संघले आफ्नो भूमिका प्रष्ट पार्न सकेन ।
 
संघकै कार्यालय काठमाडौंको प्रदर्शनीमार्गमा आयोजित कार्यक्रमपछि अध्यक्ष डा. अञ्जनीकुमार झाले भने, ‘आज सबैले आफ्ना धाराण राख्नुभयो, सोमावार फेरि एकपल्ट बसेर आगामी बाटो तय गर्ने योजना छ ।’
 
कार्यक्रममा उपस्थित अधिकांस मेडिकल कलेजका सञ्चालकले अरु विषयमा सहमति जनाए पनि सिट घटाउने र शुल्कमा एकरुपता ल्याउने कुरा सान्दर्भिक नहुने बताएका थिए । त्यसैगरी आयोगको प्रतिवेदन सही रहेको बताउनेहरु पनि थिए । डाक्टरहरु पक्ष र विपक्षमा बाँडिदा चर्काचर्की भएको थियो ।
सरकारसँग गरिएका सम्झौताहरुको मुल्याङ्कन, सम्झौता र कार्यान्वयन भए÷नभएको विषयमा संघले निर्वाह गर्ने वर्तमान रणनीति’ विषयमा कार्यत्रम भएको थियो ।
 
संघले आयोजना गरेको उक्त कार्यक्रममा मेडिकल कलेजका धेरै संञ्चालकको सहभागीता थियो । संघको रणनीति बनाउन कार्यक्रम गरिएपनि माथेमा आयोगको प्रतिवेदनको पक्ष र विपक्षमा बहस मात्रै भएको थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले माथेमा आयोग र डा गोविन्द केसीलाई लक्ष्य गरेको टीप्पणी गरे ।
 
कायक्रममा बोल्दै चिकित्सक संघका पूर्व अध्यक्ष डा आनन्दप्रसाद श्रेष्ठ, एसोशियसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज नेपालका अध्यक्ष डा भोला रिजाल, डा जागेश्वर गौतम लगायतले माथेमा प्रतिवेदन हुबहु लागु हुन नसक्ने बताए ।
 
चिकित्सकका संघका पूर्व अध्यक्ष डा केदार नरसिंह केसीले मेडिकल शिक्षाको नियमन गर्न छुट्टै विश्व विद्यालय आवश्यक रहेको धारणा राखे ।