मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कैलाली टिकापुरकी तेस्रोलिंगी मोनिकाले राहदानी लिइन्

कैलाली टिकापुरकी तेस्रोलिंगी मोनिकाले राहदानी लिइन्


राहदानी विभागले तेस्रोलिंगी मनोज शाही मोनिकालाई लिंगको महलमा ओ अर्थात अन्य उल्लेख गरेर मेसिनले पढ्न सक्ने राहदानी दिइएको हो ।
 
यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी, तेस्रोलिंगी, दुईलिंगी, अन्तरलिंगीलाई नागरिकतामा उल्लेख भएको पहिचान अनुसारनै राहदानी वितरण गरिएको विभागका महानिर्देशक लोकबहादुर थापाले जानकारी दिनुभयो । 
 
पासपोर्ट पाएपछि भावुक भएका शाहीले पहिलोपटक तेस्रोलिंगीको पहिचान स्थापित भएको भन्दै खुसी व्यक्त गरिन् । अष्ट्रेलिया र न्यूजिल्यान्डले मात्रै यसअघि ‘एक्स’ उल्लेख गरेर पासपोर्ट दिएको थियो ।
 
गतवर्ष पासपोर्ट नियममा संशोधन गर्दै अन्यका नाममा नागरिकता दिने व्यवस्था गरिएको थियो ।