मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा एउटै घरबाट ८ ओटा शव बरामद

अमेरिकामा एउटै घरबाट ८ ओटा शव बरामद


  अमेरिकाको टेक्ससस्थित एक घरबाट प्रहरीले ८ ओटा शव बरामद गरेको छ । टेक्ससको हुस्टनस्थित एक घरमा प्रहरीले छापा मार्नेक्रममा प्रवेश गरेकै बेला सुरक्षाकर्मीमाथि गोली प्रहार भएपछि घटना उजागर भएको हो । डेबिड कोनली नामका व्यक्तिले आफ्नो घर प्रवेश गरेका सुरक्षाकर्मीमाथि गोली प्रहार गरेपछि उनी पक्राउ परेका थिए ।
 
छापामार्नेक्रममा सुरक्षाकर्मीले उनको घरबाट पाँच बालबालिकसहित तीनजना वयस्कको शव बरामद गरेको छ । मारिएका व्यक्ति डेबिडका परिवारका सदस्य हुन् वा होइन्न भन्ने बारे केही नखुलेको प्रहरीले जनाएको छ ।
 
डेबिड गत महिना आफ्ना परिवारका सदस्यमाथि गोली प्रहार गर्नेक्रममा पक्राउ परी जमानतमा छुटेको व्यक्ति भएको बताइएको छ । घटनाबारे अनुसन्धान जारी छ । (एजेन्सी)