मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सुर्खेतमा प्रहरीको गोली प्रहारबाट मृत्यु हुनेको संख्या दुईको पुग्यो

सुर्खेतमा प्रहरीको गोली प्रहारबाट मृत्यु हुनेको संख्या दुईको पुग्यो


काठमाडौं, २५ साउन । अखण्ड मध्यपश्‍चिमको माग राख्दै सुर्खेतमा सुरु भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ । ८ जना गम्भीर घाइते छन् ।
आन्दोलनका क्रममा गरिएको प्रदर्शनमा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर वीरेन्द्रनगर-४ निवासी टिकाराम गौतम र यामबहादुर बिसीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले जानकारी दिनुभयो ।
टाउको गोली लागेर ढलेका दुवैलाई उपचारका लागि लैजादै गर्दा बाटैमा ज्यान गएको हो । प्रदर्शनकारीले मध्यपश्चिम टुक्राउन भूमिका खेलेको भन्दै कांग्रेसका सह-महामन्त्री पूर्णबहादुर खड्काको घरमा आगजनी गर्न खोज्दा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।
प्रहरीको गोली लागेर ८ प्रदर्शनकारी गम्भीर घाइते भएका छन् ।