मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

भिडियो कि रेखाको चल्छ कि देखाको ! (ज्योति मगरको हट भिडियो हेर्नुहोस् ।)

भिडियो कि रेखाको चल्छ कि देखाको ! (ज्योति मगरको हट भिडियो हेर्नुहोस् ।)


चितवन । पछिल्लो समय बेलाबेलामा चर्चामा आइरहने लोकगायिका ज्योति मगरको नयाँ तिजी गीत भर्खरै सार्वजनिक भएको छ । मोडल ज्योति मगरले अहिले भने आफूले नगाएको गीतमा मोडल गरेकी हुन् । 

हाँस्य कलाकार सागर लम्साल (बले) र हरी निरौला (कक्रोज)सँगको अभिनयमा देखिएकी ज्योतिलाई भिडियोमा केही सेक्सी अवतारमा देखाईएको छ । हुन त ज्योति मगरले अभिनय गरेका प्राय गीतहरु हट एण्ड सेक्सी नै हुने गर्दछन् । तर यसपाली भने ज्योति मगरलाई तिजको गीतमा पनि हट एण्ड सेक्सी अवतारमा राखिएको छ ।
 
 भखैरै सार्वजनिक भएको गायक प्रकाश कटुवाल र गायिका श्रीदेवी देवकोटाको स्वरमा रहेको ढाडे बिरालो बोलको तिजको गितमा बले र कक्रोज ज्योतिसँग रोमान्स गर्न खोजेको देखाईएको छ । साथै अर्का हाँस्य कालकार सुरेश थापा (दर्शने) लाई पनि भिडियोमा रमाईलो पाराले प्रस्तुत गरीएको छ । भिडियोमा दर्शने ज्योतिको दाजु हुन्छन् ।
 
गायक प्रकाश कटुवालले पछिल्लो समय हाँस्य कलाकार लाई लिएर गितहरु बजारमा ल्याईरहेका छन् । दर्शकको माग र रुचिलाई ध्यानमा राख्दै उनले यसो गरेको बताउँछन् । उनले गायका प्रायः गीतहरु पछिल्लो समयमा चर्चित छन् र दर्शकले पनि उत्तिकै मनपराएका छन् । गतबर्ष पनि गायक कटुवालको स्वरमा रहेको तिज गीत कनाईदेऊ न बाई अत्यधिक चर्चामा रह्यो । एजेन्सी