मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

BREAKING NEWS: अमेरिकाको टेक्ससमा नेपाली युवाको मृत्यु

BREAKING NEWS: अमेरिकाको टेक्ससमा नेपाली युवाको मृत्यु


अमेरिकाको टेक्सास राज्यको  अर्भिंग सहरमामा बसोबास गर्दै गरेका नेपाली युवा उपेश श्रेष्ठ (जन्म अप्रिल १९८७) लाई पार्कल्याण्ड हस्पिटलले मृत घोषणा गरेको छ। के कति कारणले उनको मृत्यु भएको तथा कहिले मृत्यु भएको भन्ने कुरा अस्पतालले पारिवारिक सदस्य यहाँ नभएको कारणले गर्दा  खुलाएको छैन। उनी नेपालको सिन्धुपाल्चोकको बर्हबिशेका बासिन्दा हुन्।  उनी  लगभग ७/८ बर्ष अगाडी अमेरिका विधार्थी भिषामा छिरेका थिए । 

उनका कोही अभिभावक  तथा कोही आफन्त ड्यालसमा नरहनु भएको र एक गाउले दाई तथा नेपालबाट परिवार द्वारा गरिएको अनुरोध अनुसार नेपाली समाज टेक्सासको अगुवाई तथा NRN लगायत अन्य स्थानीय संघ संस्थाहरुको सहयोगमा यही आउने  मंगलबार दिनको २ बजे  1230 Kingston Drive Lewisville, TX – 75067  मा मृत उपेश श्रेष्ठ को पार्थिब शरीर मा श्रद्धाञ्जली, अन्त्येष्टि तथा दाहा-संस्कार गरिने भएको छ ।  

 

यो पनि हेर्नु होला >>  श्रद्धाञ्जली तथा दाहा-संस्कार !