मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

बि एन्ड सी टिचिङ हस्पिटलमा क्यान्सर उपचार सुरु

बि एन्ड सी टिचिङ हस्पिटलमा क्यान्सर उपचार सुरु


सुरुङ्गा – गत वैशाख १० गतेदेखि पूर्णरुपमा सञ्चालनमा आएको बी एन्ड सी टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर, बिर्तामोडले आजदेखि क्यान्सर रोगको जाँच तथा उपचार (केमोथेरापी) सेवा सुरु गरेको छ ।
अस्पतालका निर्देशक डा उमेशकुमार शर्माका अनुसार भरतपुर क्यान्सर अस्पतालमा नियमित उपचार गराइरहेका पाँचजना क्यान्सर रोगीको उपचार गर्दै अस्पतालले आजदेखि यस्तो सेवा सुरु गरेको हो ।
 
मेची अञ्चलमा क्यान्सरका रोगी बढ्दै गएको जनाउँदै अस्पताल निर्देशक शर्माले भने, ‘दिनहुँजसो एक दुईजना क्यान्सरका रोगी अस्पतालमा आउने गरेकाले सबैलाई सहजै सेवा प्रदान गर्ने उद्देश्यले हामीले क्यान्सरको पनि उपचार सुरु गरेका हौँ ।’
 
निकट भविष्यमा अस्पतालले रेडियोथेरापी र एमआरआई सेवा पनि सञ्चालन गर्ने शर्माले बताउनुभयो । अस्पताल सञ्चालन भएको छोटो समयमा अस्पतालले न्युरो सर्जरीअन्तर्गत ९० वटाभन्दा बढी शल्यक्रिया सफल रुपमा गरिसकेको र १० वर्षीय बालकको ब्रेन ट्युमरदेखि ८४ वर्षका वृद्धसम्मको दिमागमा रगत जमेको शल्यक्रिया गरेको शर्माले जानकारी दिए। उनले छोटो समयमा एक हजारभन्दा बढी रोगीको शल्यक्रिया गरिएको समेत बताए।
हाल अस्पतालले हरेक सोमबार निःशुल्क ओपिडी सेवा दिँदै आएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसार्इंले जानकारी दिए। रासस