मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

हराएको विमानको खोजीकार्य जारी रहने

हराएको विमानको खोजीकार्य जारी रहने


क्वालालम्पुर । चिनियाँ विदेशमन्त्री वाङ् यीले गत वर्ष हराएको मलेसियाली विमानको खोजी प्रयास जारी राख्न आह्वान गर्नुभएको छ । हराएको मलेसियाली फ्लाइट एमएच ३७० एयरलाइन्स विमान इतिहासमा नै रहस्यमय भएर लुकेको उहाँले बताउनुभएको छ । 
 
यस विमानको केही भाग हिन्द महासागरको रियुनियन द्वीपमा फेला परेको मलेसियाले घोषणा गरेपछि चिनियाँ विदेशमन्त्रीले सो आह्वान गर्नुभएको हो । ्वालालम्पुरबाट बेइजिङतर्फ उडेको सो विमान सन् २०१४ को मार्च ८ मा बेपत्ता भएको थियो । सो विमानमा १५३ जना चिनियाँ नागरिकसहित २३९ सवार रहेका बताइएको थियो ।
 
विदेशमन्त्री यीको सो आह्वानपछि मलेसियाली प्रधानमन्त्रीले नजीब रजाकले पनि बेपत्ता विमान खोजीकार्यको प्रयास जारी रहने बिहीबार प्रतिज्ञा गर्नुभएको छ । रासस÷सिन्ह्वा