मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

जापानमा हिरोसिमा आक्रमणको सत्तरी वर्ष पूरा

जापानमा हिरोसिमा आक्रमणको सत्तरी वर्ष पूरा


हिरोसिमा, जापान । जापानको हिरोसिमा सहरमा आजभन्दा सत्तरी वर्ष पहिला भएको बम हमलाको स्मरण गरिएको छ । सन् १९४५ को अगष्ट ६ का दिन जापानको हिरोसिमामा बम हमला भएको थियो । सो हमलामा परी दशौँ हजार व्यक्तिको ज्यान गएको थियो । 
 
उक्त दिन भएको सो बम आक्रमणपछि दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो । उक्त दिनको विनाशको स्मरण गर्दै बिहीबार दशौँ हजार जापानी नागरिक हिरोसिमा नगरमा जम्मा भएका थिए । 
उनीहरूले यस दिनलाई एक दुःखद दिनका रूपमा स्मरण गरेका थिए । उनीहरूले यस्तो विनाशकारी दिन जापानमात्र नभई संसारमा नै कहिल्यै नआओस् भन्ने कल्पना पनि गरेका बताइएको छ । 
 
सन् १९४५ मा आजकै दिन बिहान ठीक ८ः१५ बजे जापानको हिरोसिमामा नगरमा अमेरिकी युद्धक विमानले विनाशकारी बम खसालेको थियो । बिहानको समयमा जापानका दशौँ हजार नागरिक विद्यालयको प्रार्थनामा थिए, भने सर्वसाधारण नागरिक सामान्य जिवनका साथ कार्यालयका लागि तयारीमा थिए । 
 
सोही समयमा अकस्मात् खसालिएको बमको असरका कारण दशौँ हजार नागरिक मारिएका थिए । तर त्यसमा परी मारिएका नागरिकको यकिन तथ्याङ्क भने अझै पनि भेटिँदैन । 
 
हिरोसीमामा बम खसालिएको स्थानमा स्थापना गरिएको हिरोसिमा शान्ति सङ्ग्रहालयमा बिहीबार बिहान ८ः१५ बजे एक विशेष प्रकारको घन्टा बजाइयो र त्यस समयमा सो स्थानमा उपस्थित नागरिकले मौन धारणा गरेका थिए ।
 
सो शान्ति सङ्ग्रहालयको परिसरमा रहेको पार्कमा बालबालिका, वृद्धवृद्धा, उक्त हमलाबाट बचेका नागरिकका साथै विश्वका करिब एक सय देशका प्रतिनिधि सो कार्यक्रममा सहभागी थिए । 
 
उनीहरूले अब संसारमा यस्तो नरसंहारकारी घटना कहिल्यै नदोहोरियोस् भनेर कामना पनि गरेका थिए । उनीहरूले संसारमा हतियारको होडबाजीका कारण हुन सक्ने यस्तो विनाशको सिकार अब कोही नबनुन् भनेर कामना पनि गरेका थिए । रासस/एएफपी