मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

पाठेघरबाट ११ किलोको ट्युमर निकालियो

पाठेघरबाट ११ किलोको ट्युमर निकालियो


चितवन । चितवनमा दुर्लभ शल्यक्रिया गरी एक महिलाको पाठेघरबाट ११ किलोको ट्युमर निकालिएको छ ।
 
चितवन मेडिकल कलेजमा आइतबार शल्यक्रिया गरी तनहुँको छिम्केश्वरी–७  की ४९ वर्षीया आइतीमाया गुरुङको पाठेघरबाट अहिलेसम्मकै दुर्लभ ११ किलोको ट्युमर निकाल्न सफल भएको हो । 
स्त्री तथा प्रशुती रोग विशेषज्ञ डा।बन्दना न्यौपानेको टिमले सफल शल्यक्रिया गरेको हो । अहिले बिरामीको अवस्था राम्रो रहेको अस्पतालका म्यानेजर पारस अधिकारीले जानकारी दिए ।
 
शनिबार  बिरामीको भर्ना गरी आइतबार दिउँसो शल्यक्रिया गरिएको थियो । उनमा विगत ५ वर्षदेखि नै ट्युमरको समस्या रहेको थियो ।