मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

कोरिया पुगेको १५ दिनमै एक नेपालीको हत्या

कोरिया पुगेको १५ दिनमै एक नेपालीको हत्या


सोल । रोजगारीका लागि दक्षिण कोरिया आएको दुई हप्ता नपुग्दै एक नेपालीको हत्या भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) बाट यहाँ आएका काभ्रे शंखु ४ का सुदीप राउतको शुक्रबार बिहान हत्या भएको हो । कोरियन प्रहरीले कम्पनीमा सँगै काम गर्ने भोजपुरका परशुराम राईलाई नियन्त्रणमा लिएको छ ।
 
ख्यांगिदो ग्वाङ्जुमा रहेको फर्निचर डेकुरेसन गर्ने वोनबाइन नामक कम्पनीमा कार्यरत राउत र राईबीच बिहीबार बेलुका सामान्य वादविवाद भएको छिमेकी कम्पनीका नेपाली कामदारले बताएका छन् ।
 
विवाद साम्य भएपछि सुतिरहेका राउतलाई राईले शुक्रबार बिहान १ बजे काठको लठ्ठी प्रहार गरेर हत्या गरेको ती नेपालीले बताए । प्रहरीलाई घटनाको जानकारी राई आफैंले गराएका थिए ।