नेपाल

सामान्य प्रशासन मन्त्री पण्डित सम्मानित

प्रकाशित |
काठमाडौँ, १३ साउन । नेपाल कुमाल समाज सुधार समितिले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई आज सम्मान गरेको छ ।
 
समितिले यहाँ एक कार्यक्रम गरी कुमाल समुदायबाट इतिहासमै पहिलोपटक मन्त्री बन्नुभएको भन्दै सम्मान गरेको हो ।
 
सम्मानपछि मन्त्री पण्डितले देशको माया गर्नेलाई सम्मान गर्नुपर्ने र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्ने बताउनुभयो । उहाँले डिभी र पिआर लिएर देशमा काम गर्ने राष्ट्रसेवक कर्मचारीलाई कारबाही गरिने दोहो¥याउनु भयो ।
 
उहाँले १७ महिने आफ्नो कार्यकालमा निजामती कर्मचारी ऐनको संशोधन भएको बताउँदै सबैको भावनालाई समेट्ने लोकतान्त्रिक संविधान निर्माण हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
 
पूर्व सभासद् शारदा कुमालले समावेशी प्रतिनिधित्व गराउने खालको कानुन आवश्यक रहेको धारणा राख्नु भयो ।
 
समिति तनहुँका अध्यक्ष खिमबहादुर कुमालले ७२ जिल्लामा रहेका एक लाखभन्दा बढी कुमाल सङ्गठित हुनु आवश्यक रहेको बताउनुभयो । रासस

हिमालय खबर

हिमालय खबर -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया