मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कावासोतीमा बन्दकर्ताद्वारा जीप तोडफोड, ३ जना पक्राउ

कावासोतीमा बन्दकर्ताद्वारा जीप तोडफोड, ३ जना पक्राउ


नवलपरासी । हिन्दूराष्ट्र बचाउ अभियान, नेपालले सांकेतिक रुपमा गरेको बन्दको क्रममा बन्दको अवज्ञा गरेको भन्दै नवलपरासीको कावासोतीमा बुधबार दिउँसो एउटा टोयटा जीपमा तोडफोड गरेका छन् । 
बुटवलबाट नारायणगढ जाँदै गरेको बा ७ च  ५४ ३८ नम्बरको जीपमा ढुंगा प्रहार गरेर तोडफोड गरेका हुन् । तोडफोडबाट जीपको पछिल्लो भागको सिसा फुटेको छ ।
उक्त जीपलाई अहिले इलाका प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा राखिएको छ । तोडफोडमा संलग्न रहेको भन्दै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा विश्व हिन्दू महासंघका केन्द्रिय सदस्य एवम् अखण्ड पार्टी नवलपरासीका उपाध्यक्ष नन्दप्रसाद अर्याल, राप्रपा नेपाल नवलपरासीका अध्यक्ष लोकनाथ लामिछाने र टिकाराम भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएपछि केहीबेर स्थिति तनावग्रस्त बनेको थियो । पक्राउ पर्नेलाई इलाका प्रहरी कार्यालय नवलपुरमा राखिएको छ ।  
बन्दकर्ताहरुले नवलपरासीको विभिन्न स्थानमा राजमार्गमा हिन्दुराष्ट« कायम गर भन्ने नारा लेखी ओम अंकित झण्डा गाडेर बसेका कारण सडकमा यातायातका साधनहरु चल्न सकेका छैनन् ।
बन्दकर्ताहरु नवलपरासीको गैँडाकोट, कावासोती, सुनवललगायत चितवनको पुलचोक, रुपन्देहीको बुटवल चौराहामा भजनकीर्तनसहित बसेकाछन् । जसका कारण पूर्व पश्चिमको यातायात ठप्प बनेको हो ।