मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नवलपरासीमा चाउचाउ बोकेको ट्रकमा आगजनी

नवलपरासीमा चाउचाउ बोकेको ट्रकमा आगजनी


कावासोती । नवलपरासीको देवचुली–१५ प्रगतिनगरमा चाउचाउ लोड गरी रोकी राखेको ट्रकमा एक्कासि आगलागी भएको प्रहरीले जनाएको छ ।
 
इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक हरि बरुवालका अनुसार रोकी राखेको ग १ ख ४१११ नम्बरको ट्रकमा गएराति १ बजे आगलागी भएको हो । आगलागी कसरी र किन भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 
आगलागीबाट ट्रकमा रु २४ लाख बराबरको क्षति पुगेको प्रहरीको भनाइ छ । चौधरी गु्रपबाट चाउचाउ लिएर पोखरातर्फ हिँडेको ट्रक रोकी राखेको अवस्थामा आगलागी भएको हो । आगलागीको समयमा ट्रकमा कोही नरहेको प्रहरीले जनाएको छ । 
 
हिन्दूराष्ट्र घोषणाको माग गर्दै बन्द 
 
यसैबीच, हिन्दूराष्ट्र बचाउ अभियानले नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्नुपर्ने मागसहित गरेको बन्दले नवलपरासीसहित तीन जिल्लाको जनजीवनलाई प्रभावित गरेको छ । नवलपरासी, चितवन र रुपन्देहीमा बन्दको प्रभाव परेको छ ।
 
संविधानमा धर्मनिरपेक्षता हटाएर हिन्दूराष्ट्र कायम गर्नुपर्ने माग गर्दै तीन जिल्लामा बन्द आह्वान गरिएको हो । बन्दका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको छ भने बजारसमेत खुलेको छैन । 
 
हिन्दूराष्ट्रको माग गर्दै बिहानदेखि विभिन्न स्थानमा उनीहरु  भेला भएका छन् । नवलपरासी जिल्लामा राजमार्ग अवरुद्धसहित बजारसमेत बन्द रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
 
बुटवल, भैरहवाबाट पूर्वका लागि छुट्ने कुनै पनि सवारीसाधन चलेका छैनन् । मोटरसाइकल छिटफुटरुपमा चलेका छन् । रासस