मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

लाओसमा सैनिक हेलिकोप्टर दुर्घटनामा तेइसजना बेपत्ता

लाओसमा सैनिक हेलिकोप्टर दुर्घटनामा तेइसजना बेपत्ता


बैंकक । लाओसमा त्यहाँको एक सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा रहेका २० जना भन्दा बढी व्यक्ति हराइरहेको बताइएको छ ।
 
उक्त हेलिकोप्टर खराब मौसमका कारण हराएको बताइएको छ । सेनाले यसै हप्ता उक्त हेलिकोप्टर हराएको जानकारी दिएको हो । 
 
लाओसको उत्तरपूर्वी प्रान्त सिन्जाकुङ्तर्फ लागिरहेको सो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो । उक्त प्रान्तको हाउफान भन्ने स्थानमा सो हेलिकोप्टर खसेको थियो । 
 
लाओसको सरकारी समाचार समिति केपिएलले दिएको समाचार अनुसार सो हेलिकोप्टर गत सोमबार दुर्घटनामा परेको हो । सो हेलिकोप्टरको सम्पर्क विच्छेद भएपछि त्यसमा रहेका १९ जना यात्रु र चालक दलका चारजना सदस्य हराइरहेका छन् ।
 
उक्त दुर्घटना विकट स्थानमा भएको र सोमबारदेखि लगत्तै भारी वर्षा जारी रहेकोले मौसमी कठिनाइका कारण उद्वारको काम हुन नसकिरहेको जानकारी सेनाले दिएको छ । 
 
सेनाले उद्वारकर्ताहरु घटनास्थलतर्फ पठाएको जनाएको छ । तर उनीहरुले त्यहाँ पुगेर उद्वार गर्न भने सकिरहेका छैनन् । रासस/एएफपी