मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

बजरंगी भाइजानलाई पाकिस्तानमा प्रतिबन्ध लगाउन माग

बजरंगी भाइजानलाई पाकिस्तानमा प्रतिबन्ध लगाउन माग


पाकिस्तानमा सलमान खान अभिनित चलचित्र बजरंगी भाइजान प्रदर्शनमा रोक लागाउनुपर्ने माग गरिएको छ।
 
सामाजिक सञ्जालमा केही ब्यक्तिले सलमानको चर्को आलोचना गर्दै फिल्ममाथी पूर्ण प्रतिबन्ध लगाउनुपर्ने माग समेत गरेका छन्। सलमानमाथी गरिएको टिप्पणीलाई कतिपयले भने भारतीयहरुको चाल पनि भनेका बीबीसीले जनाएको छ।
 
उनीहरुको भनाई अनुसार पाकिस्तानीलाई बद्नाम गराउनका लागि उनीहरु भारतमै बसेर भारतीय फिल्म र अभिनेतालाई गाली गरिरहेका छन्। यस्ता घटनाले पाकिस्तान प्रशासनप्रति आम सर्वसाधारणलाई रुष्ट बनाउँछ। ट्वीटरमै कतिपयले भनेका छन् बलिउडको चरमपन्थ तुरुन्तै बन्द हुनुपर्छ। 
 
उनीहरुको भनाई अनुसार भारतमा पाकिस्तानी फिल्म प्रदर्शन हुँदैन। पाकिस्तानी च्यानलको पनि भारतमा प्रभाव छैन। केही पाकिस्तानी दर्शकको राय छ ‘हाम्रो चलचित्र पनि पाकिस्तानमा प्रदर्शन हुनुपर्छ।
 
बजरंगी भाईजानले उठाएको मुद्दाको विषयमा पनि केही दर्शकले असन्तुष्टि जनाएका छन्। विश्वभर ४०० करोडको हाराहारीमा कारोवार गरेको यस फिल्मको निर्देशन कबिर खानले गरेका हुन्। 
 
बीबीसीबाट