मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

दक्षिण कोरियामा मर्सको प्रकोप अन्त्यको घोषणा

दक्षिण कोरियामा मर्सको प्रकोप अन्त्यको घोषणा


सोल- दक्षिण कोरियाले प्राणघातक रोग मिडल इष्ट रेस्पिरेटोरी सिन्ड्रोम (मर्स) को अन्त्यको घोषणा गरेको छ । सो देशले यसको प्रकोप अब देशभित्र नरहेको जानकारी मङ्गलबार गराएको हो ।
 
सो सङ्क्रमणबाट दक्षिण कोरियामा कम्तीमा पनि ३६ जनाको ज्यान गएको थियो । यस सङ्क्रमणले दक्षिण एसियामा ठूलो आर्थिक ह्रास ल्याएको थियो ।
 
यस सङ्क्रमणले एसियाको चौथो ठूलो अर्थतन्त्रका रुपमा रहेको दक्षिण कोरियाको अर्थतन्त्रलाई नै शिथिल बनाइदिएको थियो ।
 
राजधानी सोलमा सरकारी उच्च अधिकारीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री हवाङ क्यो आनले भन्नुभयो– अब चिन्ता मान्नुपर्ने अवस्था छैन ।
 
मैले सबै कोरियाली नागरिकलाई आफ्ना सबै क्रियाकलापहरुलाई पुन निरन्रता दिन आग्रह गर्दछु र मर्सका कारण कुनैपनि समस्या अब देशमा नरहेको पनि प्रधानमन्त्री आनले बताए ।
 
उनले सबै विद्यालय, विश्वविद्यालयहरु पनि पुन सञ्चालन गर्न आग्रह गर्नुभयो । गत महिनासम्म उक्त रोगको प्रकोप रहेकोले यहाँका हजारौँ विद्यालय बन्द गरिएको थियो ।
 
यस प्रकोपका कारण सन् २०१५ का लागि प्रक्षेपण गरिएको आर्थिक विकासमा पनि कमी आएको पाइएको दक्षिण कोरियाको सरकारले जानकारी दिएको छ । रासस÷एएफपी