मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भतिजालाई विष खुवाउने काकी पक्राउ

भतिजालाई विष खुवाउने काकी पक्राउ


खोटाङ, १२ साउन । भतिजालाई विष खुवाउने खोटाङकी एक महिला पक्राउ परेकी छन् । जेठाजुका चार वर्षीय छोरा युशन भट्टराईलाई विष खुवाउने दोर्पाचिउरीडाँडा–७ की २२ वर्षीया विमला भट्टराई पक्राउ परेकी हुन् ।
 
घरमा जेठाजुसँग विवाद भएपछि सँगै विद्यालय गएका भतिजालाई मुसा मार्ने विष खुवाउने विमलालाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । उहाँले भन्नुभयो – “विमलाले भतिजालाई मार्ने उद्देश्यले मुसा मार्ने विष खुवाएको बताएकी छिन्, त्यसैले उनलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरेर कारबाही थालिएको छ ।”
 
घरमा भएको विवादपछि उनले आइतबार दिउँसो विद्यालयमै मुसा मार्ने विष खुवाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । विष खुवाइएका युशनको जिल्लामा उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत काठमाडौँ पु-याइएको छ ।
 
काठमाडौँको कान्ति बाल अस्पतालमा उपचाररत उनको अवस्था गम्भीर रहेको बुबा युवराज भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो – “यहाँ नल्याएको भए त बितिसक्ने रहेछ १ अहिलेसम्म बेहोस अवस्थामा छन्, डाक्टरहरुलाई सोध्दा खतरामुक्त रहेको जानकारी दिएका छन् । अहिले आँखासम्म खोल्न थालेको छ ।”
 
स्थानीयवासीका अनुसार विमला युशन पढ्ने सोही गाविसको सिर्जनशील बोर्डिङ स्कुलका शिक्षिका हुन् । उनले खाजा खाइसकेपछि ड्युको बोतलमा मुसा मार्ने विष घोलेर खान दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
 
घरमा बुबासँग भएको अंश विवादपछि बुहारीले यस्तो व्यवहार गरेको पीडित बालकका बुबा युवराजले बताउनुभयो । उहाँले भन्नुभयो – “यसअघि बुबाले हामी छोराहरुको नाममा नभई कान्छी बुहारीको नाममा जग्गा पास गर्ने तयारी गर्नुभएको रहेछ, त्यो कुरा मैले थाहा पाएपछि मालपोत कार्यालयमा गएर रोक्का गरेँ १ त्यसैको झोंकमा बुहारीले मेरो नाबालक छोरालाई विष खुवाइदिइन् ।”
 
युशन आफ्नो एकमात्र सन्तान भएको युवराजले बताउनुभयो । उहाँले भन्नुभयो – “तीनवटी श्रीमतीको एउटा छोरा, त्यो पनि यस्तो अवस्थामा हुँदा दुःख लागेर आउँछ ।”
 
स्थानीयवासीका अनुसार दोर्पाचिउरीडाँडा–७ का रामप्रसाद भट्टराईका छ भाइ छोरा छन् । तीमध्ये कान्छा छोरा मोहन भट्टराई र बुहारीसँग उनी बस्दै आएका छन् । रासस