मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

२०० जनाको निःशुल्क मुटु परीक्षण

२०० जनाको निःशुल्क मुटु परीक्षण


चितवन । भरतपुर उपमहानगरपालिका–१३ स्थित कृष्णप्रसाद गौतम प्रतिष्ठान र आनन्द कल्याण आमा समूहको सयुक्त आयोजनामा निःशुल्क मुटु परीक्षण कार्यक्रम सम्पन्न भएको छ । 
 
कार्यक्रममा कृष्णप्रसाद गौतम प्रतिष्ठानकी अध्यक्ष देवकी गौतमको अध्यक्षता एवम् नेपाल रेडक्रस सोसाइटी चितवनका कार्यबाहक सभापति रत्नप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा नागरिक मञ्च भरतपुर उपमहानगरपालिका–१३ का अध्यक्ष कुलप्रसाद पौडयाललगायतको उपस्थिति रहेको थियो । 
 
कार्यक्रममा पुरानो मेडिकल कलेजका मुटु विशेषज्ञ डा. शंकर लौडारीसहित ६ जना चिकित्सकको टोलीले मुटु परीक्षण गरी सेवा प्रदान गरेका थिए । डा. लौडारीले मुटु कसरी स्वस्थ राख्न सकिन्छ र मुटु रोग लाग्न नदिन के कस्ता उपाय अवलम्बन गर्नुपर्छ भन्ने परामर्श प्रदान गरेका थिए । 
 
लक्ष्मी पौडयालले सञ्चालन गरेको कार्यक्रममा करिब २०० जना सर्वसाधारणले मुटु परीक्षण गराएका थिए । कार्यक्रम भरतपुर उपमहानगरपालिका–१३ राम मन्दिरको सभाहलमा भएको थियो ।