मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

हिन्दूराष्ट्र कायम गर्न खुमबहादुरले मागे भारतीयको सहयोग

हिन्दूराष्ट्र कायम गर्न खुमबहादुरले मागे भारतीयको सहयोग


काठमाडौंं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काले अब कसैले टाउको फुटाए पनि राजतन्त्र फर्किन नसक्ने ठोकुवा गरेका छन् । उनले नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्न पहल गरिदिन भारतको सहयोग मागेका छन् । 
 
आइतबार विश्व हिन्दू महासंघले राजधानीमा आयोजना गरेको कार्यक्रममा भाजपाका विधायक आदित्यनाथ प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएका थिए । कार्यक्रममा खड्काका साथै राप्रपा महामन्त्री दीपक बोहोरासमेत सम्मिलित थिए । चितवन निकुञ्जको २५ विगाह वन अतिक्रमण गरेर भब्य आश्रम बनाएर विवादमा परेका स्वामी कमलनयनाचार्यको पनि उपस्थिति थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री खड्काले राष्ट्रियता जोगाउन हिन्दूराज्य कायम गर्न जरुरी भएको औँल्याए ।
 
तर, राष्ट्रियताको चर्को कुरा गर्नेक्रममा नेता खड्काले हिन्दी भाषामा भाषणमात्रै गरेनन्, भारतीय सांसदसामू हिन्दूराक्ष्ट्र कायम गर्न पहल दिन याचनासमेत गरे । विभिन्न समयमा मन्त्री हुँदा भ्रष्टाचार गरेको ठहर भएपछि जेल सजायँ काटेर जेलमुक्त भएपछि हिन्दूराष्ट्रको नारा अघि सारेका छन् ।
 
नेपाल भारतको भाइसमान भएको भन्दै खड्काले भारतलाई सहयोगको अनुरोध गर्न आफूहरुको अधिकार भएको खड्काले बताए । नेपालमा हिन्दू राष्ट्रका लागि नैतिक समर्थन गर्नु भारतको दायित्व भएको भन्दै उनले भारतीय प्रधानमन्त्री र भाजपाका नेताहरुलाई ध्यानाकर्षण गराउन आदित्यनाथसँग आग्रह गरेका हुन् ।
 
यसैबीच, स्वामी कमलनयनाचार्यले हिन्दूराष्ट्र नभए काठमाडौं ठप्प पार्ने चेतावनी दिएका छन् । स्वामीका रुपमा मञ्चमा उपस्थित उनले कहिले तरबार उठाउने र हिन्दूराष्ट्रविरोधी नेताहरुलाई देशबाटै भगाउने चेतावनी दिए । 
 
नेताहरु प्रधानमन्त्री, मन्त्री हुन आफूकहाँ आउने गरेको तर, हिन्दूराष्ट्र समाप्त पारेको भन्दै उनले त्यस्ता नेताहरुलाई देश छाड्न चेतावनी दिएका हुन् ।