मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गृहमन्त्रीको ठाडो आदेशमा छुटे स्वामी कमलनयनाचार्यका सहयोगी

गृहमन्त्रीको ठाडो आदेशमा छुटे स्वामी कमलनयनाचार्यका सहयोगी


काठमाडौं । चितवन निकुञ्जको सार्वजनिक वन अतिक्रमण गरेको अभियोगमा प्रक्राउ परेका स्वामी कमलनयनाचार्यका सहयोगी कृष्णप्रपन्नाचार्य गृहमन्त्री बामदेव गौतमको ठाडो आदेशमा रिहा भएका छन् । प्रहरी उच्च स्रोतका अनुसार गृहमन्त्री गौतमले संविधानसभा परिसरबाटै आइजीपी उपेन्द्रकान्त अर्याललाई फोन गरेर स्वामीका सहयोगी छाड्न निर्देशन दिएका थिए । 
 
२५ विगाह वन क्षेत्र अतिक्रमण गरेको अभियोगमा चितवन प्रहरीले स्वामीका सहायक कृष्णप्रपन्नाचार्यलाई प्रक्राउ गरेको थियो । तर, पक्राउ परेको तीन दिनमै उनलाई ‘हाजिर जमानी’ मा चितवन प्रहरीले छाडेको होे । स्रोतका अनुसार गृहमन्त्री गौतमले आइजीपी अर्याललाई निर्देशन दिएपछि उनको रिहाई सम्भव भएको हो । चितवन प्रहरी कार्यलय स्रोतले ‘माथिको दवावमा’ स्वामीका सहायक प्रपन्नाचार्यलाई ‘हाजिर जमानी’ मा छाडिएको पुष्टि गरेको छ । 
 
प्रपन्नाचार्य छुटाउन सभासद् वाग्लेको जमानत 
स्वामीका सहायक प्रपन्नाचार्यलाई ‘हाजिर जमानी’ मा छुटाउन कांग्रेस सभासद् गीता वाग्ले जमानत बसेकी छिन् । स्वामी सहायक प्रपन्नाचार्य कृष्णबनभित्र बनाइएको गजेन्द्रमोक्षधामका अध्यक्ष हुन् भने कांग्रेस सभासद् गीता धामको संरक्षक छिन् । उनलाई स्वामी कमलनयनाचार्यले आफ्नो उत्तराधिकारीको जिम्मा दिएका छन् । 
 
नियमअनुसार राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार निकुन्ज क्षेत्रका वन, बन्यजन्तु मासेको, मारेको जा ओसारपसार गरेको मुद्धाको फैसला वार्डेनले गर्न पाउँछन् । कुनै अभियुक्त प्रक्राउ परेलगत्तै अनुसन्धान अधिकृत तोकिएको हुन्छ । ती अधिकृतले २४ दिनभित्र प्रतिवेदन दिएपछि प्रक्राउ परेका व्यक्ति छाड्ने वा पुर्पक्षका लागि थुन्ने भन्ने निर्णय लिने नियम छ । तर, स्वामीका सहायक भने तीन दिनमै जमानीमा रिहा भएका छन् ।
 
यसका पछाडि गृहमन्त्री गौतमको दवाव नै मुख्य कारण रहेको स्रोत बताउँछ । गृहमन्त्रीको दबाबमा निकुन्जका प्रमुख संरक्षण अधिृकत ९वार्डेन० कमलजंग कुँवर परेको स्रोत बताउँछ । कुँवरले भने– ‘म मुद्धा हेर्ने अधिकारी हुँ । यस विषयमा प्रतिक्रिया दिन मिल्दैन ।'