मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सुझावलाई संविधानमा समावेश गर्नुपर्छ : उपसभापति पौडेल

सुझावलाई संविधानमा समावेश गर्नुपर्छ : उपसभापति पौडेल


काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले जनताबाट आएका सुझावलाई संविधान निर्माणमा समावेश गर्नुपर्नेमा जोड दिनुभएको छ ।
 
पिछडा वर्ग महासङ्घले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा उहाँले लोकतन्त्रमा सबैको अधिकार सुरक्षित गर्न सकिने हुँदा लोकतन्त्रलाई संस्थागत गर्न नागरिक अधिकारसहितको संविधान निर्माण गर्नुपर्ने बताउनुभयो ।
 
 
 
एनेकपा (माओवादी)का महासचिव कृष्णबहादुर महराले विभिन्न राजनीतिक दलका भावनालाई सम्बोधन गर्नुपरेकाले मस्यौदा अपुरो रहेको विचार व्यक्त गर्दै जनताका सुझावले यसलाई परिमार्जित गर्ने बताउनुभयो । 
 
समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले समाजमा आर्थिक, सामाजिक, राजनीतिकरुपमा पछाडि परेका तथा दलित र आदिवासी र जनतामा नपरेका पिछडा वर्गको भावनालाई सम्बोधन गरी उनीहरुलाई अधिकार प्रादन गर्न खाँचो रहेको औँल्याउनुभयो । 
 
नेपाली काँग्रेसका सभासद् सकलदेव सुतिहारले पिछडा वर्ग सामाजिक रुपले पछि परेको हुँदा सो सुमदायलाई राज्यको मूलधारमा ल्याउन विशेष व्यवस्था गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । 
 
पिछडा वर्ग महासङ्घका अध्यक्ष कौशलकुमार सिंह, नेपाल शैक्षिक गणतान्त्रिक मञ्चका अध्यक्ष उपेन्द्र यादव, अधिकारकर्मी इन्दिरा साहलगायतले राष्ट्रिय पिछडा वर्ग आयोगको संवैधानिक रुपमा गठन गर्नुपर्नेमा जोड दिँदै उनीहरुलाई माथि उठाउन सामाजिक सुधार कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । रासस