मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

माछा मार्न गएका युवालाई गोहीले खायो

माछा मार्न गएका युवालाई गोहीले खायो


चितवन । चितवनको रत्ननगर १९ जनकौलीका एक युवाको गोहीको आक्रमणबाट ज्यान गएको छ । 
 
माछा मार्न रत्ननगरको सौराहास्थित हात्तीसारनजिकै राप्ती नदी गएका स्थानीय २४ वर्षीय मिथुन चौधरीको गोहीको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 
 
तीन जनासँगै राप्ती नदीमा शुक्रबार साँझ माछा मार्न थालेका बेला एक जनालाई गोहीले आक्रमण गरेपछि दुई जनाले भागेर ज्यान जोगाएको प्रहरी चौकी बछौलीका प्रहरी नायव निरिक्षक श्यामवावु यादवले जानकारी दिनुभयो ।
 
भागेर आएका युवाले जानकारी गराएपछि खोजी गर्दैजाँदा निकुञ्जको जङ्गल नजिकै गोहीले खाईरहेको अवस्थामा चौधरीको शव फेला पारिएको थियो । रासस