मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

अमेरिकामा किन नेपालीहरूले आफ्नो इलमबारे पुरा ओकल्दैनन ?

अमेरिकामा किन नेपालीहरूले आफ्नो इलमबारे पुरा ओकल्दैनन ?


  -विजय थापा             
पछिल्लो दशक देखि नेपाली समुदायको जन घनत्व बीज गणतीय रूपमा अमेरिकाको महानगर क्षेत्रमा वृद्धि भै रहेको छ l यो क्रम जारी छ र अझ चाप बढ्दै छ l सपनाको संसार अमेरिकाले मोहनी लगाउन जानेको छ l अमेरिका छिरेका नेपाली समुदाय लगभग सबै हात मुख जोर्न इलम गर्छन् l अर्थात् काम गर्छन् l इलम भनेको काम तथा कार्य /पेसा भन्नेलाई अर्थ्याउदछ l  
 
३ लाखको हाराहारीमा जन सङ्ख्या भएकोले गणतीय हिसाबमा केही प्रतिशत काम नगर्ने भए पनि काम नगरी घरमा बसी बसी बदेलको मासु, खिर, भुटेको मासु, सेकुवा चैँ खादैनन् l इलम नगरी बसे परालको झटारो मात्र पाइन्छ अमेरिकामा l यो कुरा पक्का हो l जो पनि काम गरेको देखिन्छ l भाग दौड र भागभागको अवस्था छ l काम बाट घर लोथ भएर पुगिन्छ l लखतरान भएको देखिन्छ l काम ,काम र काम मै अडेको छ अमेरिका l
 
काम नगरी अमेरिकामा नेपाली समुदाय बस्ने गर्दैनन् किनभने अमेरिका नेपाल हैन l खानु पर्‍यो ,परिवार पाल्नु पर्‍यो ,घर चलाउनु पर्‍यो l जहाँ पनि मुद्रा नभई एक कदम पनि पाइला चाल्न सकिदैन l काम नगरी अमेरिकी सरकारले महाराजधिराज नेपालबाट आउनु भो भनी पुष्प गुच्छा सहित भव्य स्वागत गर्दै ज्वाई जस्तै गरी पाँच तारे पाहुना घरमा राखी ८४ व्यंजन पनि खुवादैन l अमेरिकाले पाखुरी चलाउ ,परिश्रम गरर र जीवन बनाऊ भन्ने मात्र गर्छ l अमेरिकामा आफैले बाटो कोर्नु पर्ने हुन्छ l इलम नगरी धरै छैन l 
 
इलम भनेको श्री लंकाको पृथकताबादी समूह हैन l श्रीलंकाले लिबरेशन टाइगर्स ऑफ़ तमिल ईलमलाई २६ वर्ष सम्म सङ्घर्ष गरी २००९ मा यसका नाईके सहितलाई खतम गरे पछि तमिल ईलम अस्तित्व समाप्त भएको हो l जति सुकै जे भनेता पनि अवसरको भूमि भएकोले अमेरिकामा हामी धन कमाउन आएका हौ l सम्वृद्धिको लागि पलायन भएका हौ l आफ्ना सन्तानका लागि देश छोडेका हौ l बाउ ,बाजे र बराजुले नेपालमा पुस्त सम्पति राखेको जस्तो यहाँ नहुने हुनाले पाखुरी प्रशस्त चलाउन जान्नु पर्छ l
 
अमेरिका सत प्रतिशत काम गर्न कै लागि आईने र आईएकोले इलम सबैले गर्दछन l पढ्न आए पनि इलम गर्ने अनि मुद्रा कमाउने l घुम्न आए पनि दाउ पर्‍यो भने यता बस्ने इलम गर्ने अनि कमाउने l अमेरिकामा सबैको लक्ष्य इलम गर्ने अनि बोरामा पैसा कमाउने l  किन नेपालीहरूले आफ्नो इलम बारे सत्य तथ्य बारे ओकल्दैनन त आखिर ? अमेरिकामा कामबारे सोध्ने त्यति धेरै चलन छैन l के काम गर्छन् ? कहाँ गर्छस ? कामको प्रवृति के हो ? कस्तो काम छ ? कस्तो लाग्छ ? आदि सोधिने काम गरिन्छ किनभने यसलाई अस्वाभाविक मानिन्छ l
 
अमेरिकामा विदेशीहरूले इलम बारेमा धेरै चासो राख्दैनन् l र उनीहरूले एक दुई शब्द सोधे पछि गहिरिएर सोध्ने गर्दैनन l तर हामी नेपाली नेपालको जस्तो सोच्दछौ l काम बारे नेपालमा प्रहरीले अपराधीलाई ३ पुस्ते सोधे झैँ सोध्ने पनि गर्दछौ l र आफ्ना नजिकका आफन्त ,साथीभाई ,इष्टमित्रलाई सोध्ने पनि गरिन्छ l धेरै कुरा फुत्काउने प्रयास गर्दा पनि फुत्किदैन किनभने जवाफ दिनेले पनि खुलेर गाठो फुकाउन चाहदैन l
 
फलाना इलम गर्छु भने पनि विस्तृत बताउदैन l फलाना ठाउँमा काम गर्छु भन्ने चलन छ l यो इलम गर्छु भन्ने गरे पनि पुरा ओकल्दैनन l यसको अर्थ यो हैन कि सबैले यसो गर्छन् भन्ने कदापि हैन l नेपालीहरू अमेरिका भर प्रशस्त ब्यबसायी, उद्योगपति, राम्रो व्यापारको साथै उपल्लो दर्जामा इलम गर्ने भै सकेका छन् l
 
यही पढे लेखेकाले खुसी भै आफ्नो इलम अरूले सोध्नु भन्दा पहिला नै भनी दिन्छन l आफूले मासिक पाउने तलब बारे पनि ओकली दिन्छन l अमेरिका आएर पढे लेखेकाले फलाना ठाउँमा म यो इलम गर्छु भन्ने गर्छन् किनभने त्यो उनको लागि सान पनि हुन्छ l र ,इज्जत पनि बढ्ने भएकोले दिल खोलेर बकि दिन्छन l
 
पहिलो पुस्ता ,चिट्ठा प्रणालीबाट आएका ,उता खेती किसान, सानोतिनो व्यापारी ,सानो तिनो तथा ठुलो काम गरेका ,नेपालमा राम्रो पदमा भएका ,राजनैतिक पहुच तथा राजनीति गर्ने ,मध्यम वर्गीय ,उमेर पाको भै सके पछि अमेरिका छिरेका आदिले यहाँ मध्यम र सामान्य प्रकारका जीवन धान्नको लागि इलम गर्ने हुनाले खुलस्त हुन् चाहदैनन् l राम्रो इलम पनि गर्ने पनि छन् र हुन्छन् । भरसक इलम र्छु भन्ने मात्रको आभास दिन चाहन्छन किनभने अमेरिकामा जे पनि गर्नु पर्ने हुन्छ l जस्तो पनि इलम गर्नु पर्ने हुन्छ l 
 
किनभने बिरानो देशमा काम मात्र खुट्टा टेक्नलाई मात्र काम पाइयो भने काफी हुन्छ l  इलम बारेमा गाँठो खोल्न अप्ठ्यारो तथा  संकोचित मान्दछन l अमेरिका छिरेका धेरै मानिस नेपालका विभिन्न पेसामा रही माथिल्लो दर्जामा समेत काम गरी सकेकाले खुलेर भन्न आँट गर्दैनन् l
 
किनभने नेपालमा आफू यस्तो थिए भन्ने हीनताबोध पनि भै रहेको हुन्छ भने फेरी नेपाल छोडेर बित्थामा दुख पाउन अमेरिका जानु भाको भनी कसैले भनी दिदा अझ मर्माहत हुन्छ l
 
नेपाल समुदायमा कुरा गर्ने मेलो भएकोले फलाना त अमेरिकामा यस्तो इलम पो गर्दो रहेछ भन्ने गरिने भएकोले अमेरिकामा मध्यम र सामान्य प्रकारका काम गर्ने नेपालीले इलम बारे मौन नै हुन् चाहन्छन l नेपालमा सलाम खाने व्यक्तिले अमेरिकामा साधारण काम गर्नु पर्ने बाध्यता पनि हुने भएकोले काम बारेमा जानकारी दिन चाहदैनन् l
 
काम अर्थात् इलम गर्छु फलाना ठाउँमा मात्र भन्न रुचाउछन l नेपालमा राम्रो काम गर्ने मानिस यहाँ आएर परिवार ,लोक लाज ,समाजको डर र के भनी देला भन्ने मानसिकताको कारण इलम बारे नबताउने गरिएको देखिएको छ l पछिल्लो समयमा अहिलेका पिढीले इलम बारे भन्न हिच किचाउदैन l नेपाली समुदाय बाक्लिदै गएकोले इलम बारे एक अर्कामा याद थाहा हुने पनि हुन्छ l  कामको प्रवृति बारे अझ पनि गोप्य नै राख्ने गरेका हुन्छन् l
 
यही जन्मेका विदेशीलाई धेरै चासो नहुने हुन्छ तर हामी नेपाली समुदायलाई हाम्रो आदतको कारण वृतान्त भन्नु पर्ने र सोध्नु पर्ने हुन्छ l यस्ता कारण आफूले गर्ने इलम बारे राम कहानी सुनाउन चाहदैनन् l  तर अब परिस्थिति परिवर्तन भै सकेको छ l खुल्लम खुल्ला भन्ने पनि समुदाय पनि छन् l तर अझ पनि इलम बारे यहाँका मानिसले धेरै केरकार नगर्ने गर्छन् l तर माथिल्लो र राम्रो जागिर हुनेमा यो लागु हुँदैन l सामान्य इलम गर्नेहरुमा यस्तो देखिएको छ l
 
अमेरिकामा आउने चाहना राख्नु भएको छ भने यहाँ आए पछि सबै कुराको ज्ञान हासिल हुने नै छ l अमेरिकामा काम गर्नेहरुलाई के काम गर्छस भनी सिधा प्रश्न राख्नु भन्दा अगाडी एक पटक मिलाएर सोध्ने हो कि ? सायद यही कारण बाट आजित भएर होला सामान्य काम गर्ने एक नेपालीले विश्व बैङ्कमा काम गर्छु भनी धाक पनि दिने गरेको सुनिएको छ l अर्काले मंगलग्रहमा मानवयान पुर्याउने संस्था नासामा काम गर्छु भनी भनेको उडन्ते खबर पनि चर्चामा नआएको हैन l
 
काम बारे खोतल्ने ,होच्याउने र आफू होच्चिने भएकोले यस्तो अवस्थाको श्रीजना नहोस भन्नको लागि झुटोको सहारा लिन कसैलाई नपरोस l अझ पनि अमेरिकामा इलम बारे सबै कुरा सोध्ने लाई अस्वाभाविक ठानिन्छ l अमेरिकामा इलम गर्नु नै ठुलो इज्जत हुन्छ l अब अमेरिकामा बस्ने नेपालीको इलम बारेमा केही भन्नु हुन्छ त यहाहरु ? यहाँहरूको जय होस् !