मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

१०८ यात्रु बोकेको लुफ्थान्साको विमान ड्रोनसँग ठोक्किनबाट बच्यो

१०८ यात्रु बोकेको लुफ्थान्साको विमान ड्रोनसँग ठोक्किनबाट बच्यो


म्युनिख— लुफ्थान्सा एयरलाइन्सको एउटा जहाज ड्रोनसँग ठोक्किनबाट जोगिएको छ। पोल्यान्डको वार्सा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा लुफ्थान्साको जहाजभन्दा १ सय मिटर नजिक ड्रोन आइपुगेको थियो। जर्मनीको म्युनिखबाट उडेको विमानमा १०८ यात्रु थिए।
 
अवतरण गर्ने क्रममा रहेको जहाज अगाडि ड्रोन उडिरहेको देखेपछि पाइलटले एयर ट्राफिक कन्ट्रोललाई जानकारी गराएका थिए। पाइलटको आग्राहमा ट्राफिक कन्ट्रोलले जहाजलाई बाटो बदल्न अनुमति दिएको थियो। 
 
तीन मिनेट ढिलो विमान सुरक्षित अवतरण गरेको थियो।
 
ठूलो दुर्घटनाबाट जोगिएका जहाजका पाइलटले वार्सा विमानस्थल एयर ट्राफिक कन्ट्रोललाई आफ्नो एयरस्पेस सुरक्षित राख्न आग्रह गरेका छन्। 'यो निकै खतरापूर्ण कुरा हो', एकजना चालकले एभिएसन हेराल्ड वेबसाइटमा भनेका छन्, 'हामी ठूलो दुर्घटनाबाट बचेका छौं।'
 
ब्राण्ड र नामबिना रिमोटकन्ट्रोलबाट चल्ने ड्रोनको प्रयोग पछिल्लो समय विश्वभरि नै बढ्दै गएको छ। ड्रोनका कारण विमान सेवा बढी असुरक्षित बन्दै गएको विश्भरि नै महसुस गरिन थालेको छ। यसअघि गत मे महिनामा न्युयोर्कमा एउटा यात्रुबाहक जहाज पनि ड्रोनसँग ठोक्किनबाट मुस्किलले बचेको थियो।