मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

उपप्रधानमन्त्री सिंहद्वारा अपाङ्ग बालबालिकालाई ह्विलचियर वितरण

उपप्रधानमन्त्री सिंहद्वारा अपाङ्ग बालबालिकालाई ह्विलचियर वितरण


काठमाडौँ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले भूकम्पका कारण प्रभावित क्षेत्रका अपाङ्ग बालबालिकालाई ह्विलचियर वितरण गर्नुभएको छ । 
 
डिभाइन युवा क्लब अमेरिकाको सहयोगमा नेपाल शाखाले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री सिंहले शारीरिक रुपले अपाङ्गता भएका बालबालिकालाई ह्विलचियर, वैशाखी र लठ्ठी वितरण गर्नुभएको हो । 
 
उहाँले भन्नुभयो, “संविधानको प्रारम्भिक मस्यौदामार्फत जनताको राय बुझिसकेका छौँ, संविधानमा अपाङ्गको आवाजलाई पनि समेट्छौँ ।” मन्त्री सिंहले जनताको २००७ सालदेखिको सपना संविधान निर्माणसँगै पूरा हुन लागेको भन्दै अब देश विकासले फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो । 
 
डिभाइन क्लब अमेरिकाकी सदस्य श्रद्धा पाण्डेले भूकम्पले घर भत्केर ह्विलचियर, वैशाखीलगायतका सामान पुरिएका बालबालिकालाई सो सामग्री हस्तान्तरण गरिएको बताउनुभयो । 
 
उहाँले अमेरिकामा बस्ने नेपालीले आफ्नो दुःख गरेको केही पैसा उठाएर यस संस्थामार्फत पीडित बालबालिकालाई वितरण गरिएको जानकारी दिनुभयो । उहाँले राधा माधव सेवा समितिमार्फत उक्त सामग्री हस्तान्तरण गरेको समेत स्पष्ट पार्नुभयो । 
 
कार्यक्रममा राधा माधव सेवा समितिका उपाध्यक्ष गोपाल सापकोटा, विद्यत समाज समितिका संयोजक घनेन्द्रपुरुष ढकाललगायतले विदेशमा आफ्नो धर्म संस्कृतिलाई चिनाउँदै आफ्नो देशका अपाङ्ग बालबालिकालाई सहयोग गर्नु महान् कार्य भएको बताउनुभयो । 
 
सो अवसरमा मन्त्री सिंहले दुई दर्जनभन्दा बढी अपाङ्ग बालबालिकालाई ह्विलचियर, वैशाखीलगायत सामग्री वितरण गर्नुभएको थियो ।