मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधान कसैले रोक्न सक्दैन– प्रधानमन्त्री कोइराला

संविधान कसैले रोक्न सक्दैन– प्रधानमन्त्री कोइराला


बर्दिया । प्रधानमन्त्री सुशील कोइरालाले देशव्यापीरुपमा भएको राय सुझाव सङ्कलन कार्य औपचारिकता मात्र नभई जनताले संविधानको मस्यौदामा दिएका सुझाव नयाँ संविधानमा समेटिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 
 
  बर्दियामा आज आयोजित संविधानको मस्यौदामा जनताको राय सुझाव सङ्कलन कार्यक्रममा उपस्थित प्रधानमन्त्री कोइरालाले आम जनतालाई आ–आफ्नो राय सुझाव निर्धक्क राख्न आग्रह गर्नुभयो । 
 
‘‘मुलुकले अमनचयन र शान्ति चाहेको बताउँदै दोस्रो संविधानसभामा भाग नलिएका राजनीतिक पार्टी एवम् सबै विचार बोक्ने पार्टीको भावना समेटेर नयाँ संविधान जारी हुनेछ’’ उहाँले भन्नुभयो ।
 
संविधानसभा नयाँ संविधान निर्माण प्रक्रियाको अन्तिम चरणमा पुगिसकेकाले अब लोकतान्त्रिक नयाँ संविधान जारी गर्न कसैले रोक्न नसक्ने बताउनुभएको छ । 
 
सो अवसरमा स्थानीयवासीले हिन्दू राज्य हुनुपर्ने, वैज्ञानिक भूमिसुधार लागु गर्नुपर्ने, तेस्रो लिङ्गीको पहिचान हुनुपर्ने, प्रदेशको सिमाङ्कन हिमाल पहाड र तराईलाई समेटेर गर्नुपर्ने र प्रदेशको नाम जातीय आधारमा गर्न नहुने, राष्ट्रिय अपाङ्ग आयोगको व्यवस्था संविधानमा गरिनुपर्नेलगायतका राय तथा सुझाव पेस गरेका छन् । रासस