मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

किन ढिलो उत्तेजित हुन्छन् महिलाहरु ?

किन ढिलो उत्तेजित हुन्छन् महिलाहरु ?


एजेन्सी । महिला र पुरुषहरुको शारिरीक बनावटमात्र फरक हुदैन, तिनीहरुको सोचाईमा पनि आकाश जमिनको फरक हुन्छ। वैज्ञानिकहरुले पनी हालै गरेको एक अनुसन्धानमा यही कुरा पत्ता लगाएका छन । त्यस अनुसन्धानअनुसार महिला र पुरुषको सेक्स आवश्यकता फरक फरक मात्र हुदैन त्यसको बारेमा सोचाई पनी फरक नै हुन्छ ।
वैज्ञानिकहरु मान्छन कि,पुरुषहरु सेक्सलाई दिनभरीको क्रियाकलाप भन्दा अलग मान्छन तर महिलाहरु यसमा फरक सोचाई राख्दछन ।वैज्ञानिकहरुले अनुसन्धानको क्रममा पाए कि पुरुषहरु आफु उत्तेजित भएको प्रतिक्रिया छिटै दिन्छन तर महिलाहरुलाई अलि समय लाग्दछ।
क्वीन्स यूनीवर्सिटीद्वारा गराईएको यस अध्ययन मा वर्ष १९६९ देखी २००७ का बीच २५०० महिला र १९०० पुरुष बिच गरीएको शोधको अध्ययन गरीएकोथियो। शोधमा सामेल गरीएका पुरुष तथा महिलाहरुलाई कामोत्तेजक गतिविधिको पहिले र पछाडि कत्तिको उत्तेजना महसुस हुन्छ भनेर सोधिएको थियो। त्यसपछि जवाफ र त्यसबेला ती महिला तथा पुरुषहरुको यौनांग हरुमा भएको रगतको बहाब र मानसिक प्रतिक्रियासँग दाँजिएको थियो।
यस क्रममा पुरुषहरुको मनसिक र शारिरीक प्रतिक्रिया मिलेको पाईयो भने महिलाहरुको शारिरीक उत्तेजना र मानसिक उत्तेजनाबिच तालमेल त्यति नभएको पाईयो। अझ अनुसन्धानको क्रममा महिलाहरुमा कुनै शारिरीक बदलाब बिना नै मानसिक रुपमा उत्तेजित भएको पाईयो भने कुनै बेला बाहिर उत्तेजित नदेखिए पनि मानसिक रुपमा निकै उत्तेजित भएको पाईयो।