मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो कथा होइन   

गुरुत्वाकर्षणलाई चुनौति दिने विचित्र ढुंगे कला (फोटो फिचरसहित)

गुरुत्वाकर्षणलाई चुनौति दिने विचित्र ढुंगे कला (फोटो फिचरसहित)


प्रस्तर अर्थात् ढुंगे कलाका लागि चर्चित टापु राष्ट्र स्ले अफ म्यानका विचित्र प्राकृतिक ढुंगे कलाहरुबाट प्रभावित हुँदै एक जना कलाकारले गुरुत्वाकर्षणको शास्वत सत्यलाई समेत चुनौति दिने प्रयास गरेका छन् ।
 
ढुंगामाथि ढुंगा अड्याएर मनै कम्पन गराउने कलाकृति तयार गर्ने विश्वका चर्चित स्टोन ब्यालेन्सर एडि्रयान ग्रे ले हालै गुरुत्वाकर्षणको नियमलाई चुनौति दिने ढुंगे मूर्तिहरुको श्रृंखला तयार पारेका छन् ।
 
जादुगरले जस्तै गरी ढुंगाहरुलाई एकमाथि अर्कोमा तैरिएको जस्तो गरी अठ्याएर राख्न सफल उनका ती मूर्तिहरुको तस्वीरु मिकेल बकले खिचे ।
 
बेलायती कलाकार ग्रे ले यस्तो अद्वितीय ढुंगे कला तयार पार्ने क्रममा मिल्दो ढुंगा खोज्दैमा घण्टौ सम्म लगाएका थिए ।